बिसौनी
गजल
-अन्जना पौडेल
जीवनको गोरेटोमा, तीमी सधैं हुनुपर्छ
सँग सँगइ हस्नी अनी, मेरो आसु पूछनु पर्छ
जिन्दगीमा सुख दु:ख, सधैं भरी अैइरहन्छ
भक्कनेर फुटेको यो, मन मीली सीउनु पर्छ
अन्त्तर मन मीले पछी, असम्भब नी सम्भ्ब हुन्छ
आकाश का जुन तारा, दुबइ मीली तीप्नु पर्छ
हार पछी जीत हुन्छ, जीत पछी फेरी हार
सफलता को सगरम्याथ, दुबइ मीली चुमनु पर्छ
-सर्बाहारा / रेडीयो लुम्बिनी
गजल
- दुरा बाबु
मान्छे साच्चै समयको दास हुदोरहेछ
जीवनमा कै नभए नि आस हुदोरहेछ
डाडाकाडा भिर पाखामा बसाइ हुनेलाई
झरि पर्दा पहिरोको त्रास हुदोरहेछ
बिपत्तिमा आफ्ना पनि टाढा हुँदा रैछन
बरु टाढाको मान्छे नै खास हुदोरहेछ
साधारणको कुरा छोडौ राजखान्दान्को नि
मती बिग्रे पछि बनै-बास हुदोरहेछ
चाहे सब्थोक गुमाइयोस् मृत्युबाट बच्दा
एउटा छुटै किसिमको उल्लास हुदोरहेछ
मोतीराम भट्टको साहित्य साधना / यमबहादुर पौडेल क्षेत्री
कविताको साधनामा डुबिसकेका कविहरूले कवित्व र कविताका बारेमा आ-आफ्ना अनुभव पोख्न चाहन्छन् । युवाकवि मोतीराम भट्टले पनि कविताका बारेमा कवितामै आफ्नो अनुभव यसरी प्रकट गरेकाछन् ।
“धनले हुँदैन कविता न त हुन्छ मनले ।
ज्ञानले हुँदैन कविता न त हुन्छ तनले ।।
इनले भयाकि कविता कविता समान हो ।
आफैँ भया कि कविता बहुतै असल हो ।।”
केवल आई.ए. सम्म अध्ययन गर्ने मौका पाएका मोतीराम भट्टले २४ वर्षो अनवरत सङ्र्घष्ा र अथक परिश्रमबाट संस्कृत, फार्सर्ीीउर्दू, हिन्दी, बङ्गाली, अङ्ग्रेजी र नेपाली गरी सात भाषामा ज्ञान आर्जन गर्न उनी सक्षम हुन्छन् । यतिका भाषाको यथोचित ज्ञानबाट नेपाली भाषामा प्रकाशित र अप्रकाशित गरी २५/२६ वटा कृतिहरू दिनसक्नु नै हाम्रा लागि गौरवको विषय हुन आएको छ र यिनै कृतिबाट उनको बहुप्रतिभाको परिचय पनि मिल्दछ । मोतीराम भट्टले आफ्नो जिन्दगीका अनमोल क्षणहरू कुनै बखत पनि निष्त्रिmय बिताएका छैनन् । उनको काशीको बसाइमा रामकृष्ण बर्मासँग मिली ‘भारत-जीवन प्रेस’ खोलेका छन् । का�� माडौंमा बस्दा साथी कृष्णदेव पाण्डेसँग मिली ‘पाशुपत छापाखाना’ स्थापना गरेका छन् । का�� माडौंमै उनका परम मित्रहरू कृष्णदेव, धीरेन्द्रसँग मिली ‘मोती कृष्ण धीरेन्द्र कम्पनी’ नामक पुस्तकालय पनि खोलेका छन् । उल्लिखित विभिन्न साहित्यिक कृति र सामाजिक कार्यका आधारमा मोतीराम भट्ट एक सफल कवि, गजलकार, नाटककार, जीवनीकार, समालोचक, अन्वेषक, पुस्तकालयका संस्थापक, पत्रिका तथा छापाखानाका प्रबन्धक आदि स्वच्छ कवि भएका बहुआयामिक व्यक्तित्वको रूपमा मूल्याङ्कन गर्नुपर्ने देखिन्छन् । उनी जीवन पर्यन्त एउटा अथक परिश्रमी, विद्याप्रेमी, साहित्यसाधक, निर्भीक र निर्लोभी व्यक्तिको रूपमा चर्चित छन् र नेपाली साहित्यिक इतिहासमा एक श्रद्धेय व्यक्तिका रूपमा बाँचिरहने छन् ।
स्वदेशको परिवेशलाई हर्ेदा के बुझन्िछ भने मोतीराम भट्ट जङ्गबहादुर राणाकै शासनकालमा जन्मेका हुन् तर सामाजिक र राजनीतिक परिवेशमा राणाहरूकै बिगबिगी रहेको त्यस बेलाको निरङ्कुश शासन पद्धत्रि्रति अप्रभावित रहेकै कारण मात्र उनले उपरोक्त सामाजिक कार्यहरू सम्पन्न गर्न र साहित्यिक कृतिहरू नेपाली जनमानसलाई दिन सकेका हुन् भन्नु अस्वाभाविक देखिन्न । काशीमा बसेर उनले संस्कृत र अङ्ग्रेजीमात्र अध्ययन गरेनन्, परन्तु उनले अङ्ग्रेज साम्राज्यवादीहरूले भारतीय नागरिकहरूलाई अङ्ग्रेजी भाषाको दास बनाएर भारतमा कसरी राज गरिरहेछन् त्यसबारेमा पनि अध्ययन र मनन गरे । हिन्दी राष्ट्रभाषालाई मजबुत बनाउने प्रयासमा लागेका सुप्रसिद्धहरू भारतीय कवि भारतेन्दु हरिश्चन्द्रको आदर्शलाई अनुशरण गर्दै नेपाली राष्ट्रभाषामा साहित्यिक कृतिहरू एकपछि अर्को थप्दै जाने प्रण गरे र जीवनभर मातृभाषाको सेवामा समर्पित रहे । यसरी नेपाली भाषाको विकासप्रति समर्पित रही राष्ट्रभाषाकै प्रचारप्रसार गर्ने हेतुले काशीमा गर्दै आएको स्वाध्यायन स्थगित गरी मोतीराम वि.सं. १९४४ सालमा का�� माडौं फर्किन्छन् । यसै समयदेखि उनको राष्ट्रिय भावना अझ टड्कारो रूपमा देखापर्दछ । राष्ट्रभक्ति झल्किने उनको निम्न श्लोक नेपालभूमिका सदा अमर रहिरहनेछ ।
“अचल झण्डा फर्कोस्-फरफर गरी कान्तिपुरमा ।
रिपुको मन थर्कोस् थर थर गरी छीन घरिमा ।।
यवन्ले राज गर्दा कति पतित हिन्दु स्थल भयो ।
फगत् यो नेपालको मुलुक बिच कञ्चन रहि गयो ।।”
राणाहरूले नेपालमा पारिवारिक शासन चलाइरहेका भए पनि विदेशीहरूको शासन कहिल्यै व्यहोर्नु नपरेको देश नेपालप्रति उनी गौरवान्वित भएका देखिन्छन् । जुनसुकै कवि कलाकार वा लेखकको उत्कृष्ट भावना, आदर्श र सोचलाई संस्कारित गराउन हामी उनीहरूको जन्मोत्सव वा जन्मजयन्ती मनाउने गर्दछौं । हामीले हाम्रो विकासका निम्ति उपयोग गर्नुपर्ने र गर्न सकिने मोतीराम भट्टका कुन कुन पक्षहरू छन् तिनलाई खोतल्नु र अनुशरण गर्नु आवश्यक छ । उनी आफ्नो युगको परिवेशमा केही धार्मिक र अध्यात्मवादी अवश्य छन् तथापि नेपाली भाषा र साहित्यको क्षेत्रमा उनले दिएको योगदान अन्य दृष्टिकोणबाट पनि उत्तिकै मह즣2357;पर्ूण्ा छन् ।
प्रथमतः नेपाली भाषाको विकासका सर्न्दर्भमा मोतीरामले अत्यन्त इमानदार र दूरदर्शी नेतृत्व गरेका छन् । उनी आफूमात्र साहित्यकार बनेनन् परन्तु अरूलाई पनि कवि तथा साहित्यकार बन्न प्रेरित गरेर उनीहरूको अगुवाइ पनि गरे । आधुनिक शिक्षाविहीन युगमा रचना गरिएका भानुभक्तजस्ता कविका कृतिहरू खोजी खोजी प्रकाशमा ल्याए । आफ्नै हृदयफाँटबाट प्रशंसाका पदकहरू श्लोकबद्ध गराए । एउटा साहित्यकारले अर्को साहित्यकारको कदर गर्नुपर्दछ भन्ने संस्कार बसाले । अर्को शब्दमा भन्ने हो भने जनस्तरबाट उनीहरूको कदर गरिनर्ुपर्छ भन्ने उदाहरण आफूबाट प्रस्तुत गरे । उनको दोस्रो योगदान हो, ज्ञान आर्जनका सवालमा विभिन्न भाषा अध्ययन गरी त्यहाँबाट प्राप्त ज्ञान र सीपलाई नेपाली भाषा र साहित्यमा सिर्जनात्मक प्रयोग । संस्कृतलाई मात्र प्राथमिकता दिइने त्यो समाजमा नेपाली भाषा र साहित्यको मह즣2357; व्यावहारिक रूपमा देखाइदिनु उनको तेस्रो योगदान हो भन्ने मान्नर्ुपर्दछ । ज्ञान, विज्ञान, साहित्य र संस्कृतिको भण्डारलाई हरेक व्यक्तिको घरदैलोमा र मन-मस्तिष्कमा पुर्‍याउने सशक्त माध्यम नै मातृभाषा हो र यसको विकास भएन भने यस भाषा समुदायका व्यक्तिहरूको गति पनि मन्द नै हुन्छ । संस्कृत भाषामा आर्य संस्कृतिमा उपलब्ध सबै ज्ञान, अनुभव, अर्ती र उपदेशको भण्डार छ तर संस्कृत भाषा समृद्ध भएर मात्र के गर्नु – दैनिक बोलिचालीमा नआउने हुँदा अब उप्रान्त यसको जीवित श्वास-प्रश्वास बन्द भएको छ, तर्सथ यसमा संग्रहित त्यो ज्ञान र अनुभव यसका सबै भगिनी भाषा तथा अन्य भाषा-भाषिकाहरूमा समान रूपमा बाँडिनु पर्दछ । हामी संस्कृतका जति धनाढ्य भए पनि बालकको तोतेबोलीमा नआउने भाषाले यथेष्ट सहयोग पुर्‍याउन सक्दैन । तर्सथ सात भाषाका ज्ञाता मोतीरामलाई नेपाली भाषा जति प्यारो अन्य आर्जित भाषा हुन सकेनन् । उनको आफ्नो विवेकको तराजुमा अन्य आर्जित भाषाभन्दा नेपाली भाषा नै ओजिलो देखे र आफ्नै विवेकको अह्रोटमा यसको विकास, संरक्षण र सर्ंवर्द्धनका निमित्त आफ्नो सीप र क्षमतालाई कर्मभूमिमा उतारे । मोतीरामलाई सम्झनु पर्ने चौथो कारण के छ भने उनी कहिल्यै पनि सत्ताधारीसँग सहयोगको भिक्षा मागेर कृतघ्न बन्न चाहेनन् । उनका गजलहरूमा भोगविलासका खित्काहरू देखिएलान् तर उनले तिनलाई महलमा पुर्‍याएर बिक्री गरेनन् । यिनले आफ्नो व्यक्तिगत दुःखकष्टका निम्ति उनीहरूसँग हात थाप्ने काम गरेनन् । जिन्दगीभर निर्लोभी रही आफ्नो स्वाभिमानलाई आफ्नै मानसिक कन्तुरमा जोगाइराखे । यसरी आफ्नो खुट्टामा उभिएर साहित्य सेवामा प्रवृत्त रहन प्रेरणा जगाउने व्यक्ति भएका कारणले पनि उनी युगयुगका स्वाभिमानी साहित्यकारका लागि प्रेरक व्यक्ति बनिरहनेछन् ।
विश्वमा जुनसुकै भाषाको पनि विकास भइरहन्छ, जब त्यस भाषामा विविध सिर्जनात्मक संरचनाहरूको क्रम चलिरहन्छ । नेपाली भाषा विकासको एउटा चरणमा मोतीरामले यस्ता संरचनाहरूका क्रमको थालनी गरेका हुन् । यो क्रम जारी रहन्छ भने नेपाली भाषा र नेपाली जातिको विकास भई नै रहनेछ । ‘मोतीरामकी आमालाई मोतीरामबाट जन्मेको सन्तान हर्ेर्ने धोको थियो, त्यो अधुरै रहन गयो’ जस्ता उक्तिहरूको भविष्यमा पुनरावृत्ति गरिरहनुपर्ने छैन । मोतीराम भट्टको जति मह즣2357; दर्शाउन खोजे पनि यो एउटा विडम्बना हाम्रा सामु रहिरहेको छ । त्यो के हो भने आजसम्म मोतीरामकी विवाहिता श्रीमतीको नाम प्रकाशमा आएको छैन । शायद उनकी आमाको जस्तो उनकी श्रीमतीको पनि सन्तानको मुख हर्ेर्ने धोको रहेको हुँदो हो । उनको घरखेत अन्य सगोल परिवारमा नामसारी भएको होला, पारिवारिक सम्पत्तिको लगत हर्ेर्ने हो भने उनको नाम अहिले पनि पत्ता लगाउने सकिने थियो कि – सम्भव छ भने अझै पनि उनकी श्रीमतीको नामानुसन्धान भएमा बेश हुनेछ । मोतीराम भट्टको सन्तान नहुँदा हामी पनि दुःखी छाँै तर यस संसारबाट बिदा हुने बखतमा उनले आफ्ना कृतिहरूलाई सन्तानको रूपमा छाडेको कुरामा भने हामी सन्तुष्ट छौं । किनकि आज नेपालका उच्च कुल घरान, जाति, जनजाति आदि प्रत्येक समूह र क्षेत्रमा मोतीरामका कृतिका सन्तानहरू जन्मिरहेका छन् । कोही पुष्कर शमशेर र बालकृष्ण सम भएर जन्मे, कोही लेखनाथ पौड्याल र लक्ष्मीप्रसाद देवकोटा भएर जन्मे, अरू पनि विभिन्न नाम र थर लिएर मोतीरामका सन्तानहरू जन्मिरहेका छन् । यसै अर्थमा नेपाली साहित्य-प्रेमीहरू र अनुरागीहरूले आफू स्वयम्को र भावी युवापिंढीको जिन्दगी प्रकाशमय बनाउन युवाकवि मोतीराम भट्टको स्मृतिमा हरेक वर्ष’मोती जयन्ती’ मनाउनर्ुपर्दछ ।
गजल
–    आमोद
घर समीपको पाखामा डाक्यौ,
आऊ प्यारा भनि काखमा डाक्यौ ।
केही बेरमै हाल्दै सुसीला
आहाँ ! क्यामीठो भाकामा डाक्यौ ।
बनेर रानु कजाई हजार,
मधु–घडाका ती चाकामा डाक्यौ ।
उतारी फेरि नक्सा जीवनको,
भन्सार नजाज्ने नाकामा डाक्यौ ।।
स्वार्थ
लघुकथा / स्वार्थ
सुवास मल्ल
सभ्यताको भाषामा भन्नुपर्दा त्यो केटी पोइला गई ।  अझ यो सभ्यताले ‘तल्लो जात’ भनी ठहराएको परिवारको केटासँग । सभ्यताले जनै  लगाउन सिकाएको घरमा यो समाचारले ५/७ रेक्टरको भुकम्प र सुनामी एकै पटक  ल्याईदियो । घरको स्थायी समितिको आकस्मिक बैठक बस्यो ।
“छोरीले हाम्रो कुलको बेइज्जत गरी । मलाई यो विवाह कुनै हालतमा मञ्जुर छैन ।…” बाबुको आवाजमा सभ्यताको स्वार्थ बोल्यो ।
आमाले  पनि यो विवाहलाई खारेज गरिदिई । सायद जवानीको प्रेमलाई टुक्राएर बाबुआमाले  खोजी दिएको केटासँग विवाह गर्नुपर्दा देखि विकास भएको प्रेम प्रतिको  वितृष्णाको प्रतिविम्व थियो त्यो !
अघिल्लो महिना जसको हातबाट एक हप्ता  हस्पिटल बस्ने गरी धुलाई खाइयो, विपक्षी ग्याङ्गको नाइके त्यसैलाई ज्वाईं  भन्नुपर्ने सोच्दै कहालिलाग्दो क्षण टार्न दाजुले पनि यो विवाहको विपक्षमा  मतदान ग¥यो ।
आफूले मनमनै सपनाको राजकुमार बनाएको केटाले बहिनीलाई लिएर  हिँडेपछिको पीडास्वरुप दिदीले त्यो केटालाई अपहरणको आरोपमा प्रहरीमा उजुरी  गर्नुपर्ने प्रस्ताव राखी ।
यो विवाहलाई बहुमतले अस्विकार गरिसकेपछि  अन्तिम वक्ता अविवाहित कान्छी फुपुले आजको युगमा जातभातको पछि लाग्नुलाई  असान्दर्भिक भन्दै त्यसमा फरक मत दर्ज गराई । वास्तवमा विगत दुई वर्षदेखि  कान्छा सुनारको छोरासँग उनको प्रेम यात्रा चलिरहेको थियो ।
भानुभक्तको रामायण
यस्तै हो सुन कर्मका वश हुँदा बस्तैन एक् ठाम् रही ।
कस्तै कोहि हवस् अवश्य करले जानू छ जहाँ गई ॥
कर्मैको फल भोग गर्छ दुनियाँ यै चित्तमा लेउ भाइ ।
आमैले यहि बात् बुझी कन बिदा दीनू हवस् हामिलाइ ॥३६॥
यो बिन्ती गरि पाउमा जब प-या बीदा दिई मन् बुझाइ।
आँसु थाम्न कठिन् भयो र बहुतै रोइन् शरीरै रुझाइ ॥
आशीर्वाद वचन् समेत मिलि गयो तहाँ बिदा रामलाइ।
लक्ष्मणले पनि साथ जान्छु म भनी बिन्ती ग-या जानलाइ॥३७॥
लक्ष्मणलाइ हिंड लौ भन्या र रघुनाथ् सीता भयामा गया।
सीतालाइ तिमि ता घरै बस भनी पैल्हे त भन्दा भया॥
पङ्खा छत्र चमर् रहित प्रभु कनै देख्ता त शङ्कित भइन ।
क्या कारण हुन गो भनी कन सिता हात् जोरि साम्ने भइन् ॥३८॥
शङ्कित जानकिलाइ देखो प्रभुले तीमी घरैमा यहाँ ।
सासुको टहलै गरी कन रहू वर्षै त चौधै महाँ ॥
पीताको वचनै लिई सिर उपर् जन्छु म वन् मा प्रिये !
चौधै वर्ष बिताइ जल्दि म यहाँ फिर्न्या छु निश्चै श्रिये !॥३९॥
यस्ता बात् सुनी कन तहाँ सीताजि मूर्छा परिन् ।
पैल्हे ज्योतिषिको कुरो सब कही छोड्दीन सेवा भनिन्॥
सीताका यति बात् सुन्या र खुसि भै साथै सिताजी लिया।
ब्राह्मण खूसि सदा रहुन् भनि तहाँ दौलत बहूतै दिया ॥
कौशल्याजि जहाँ थिइन् तहिं गई लक्ष्मणजिले बिन्ति लाइ।
माता मेरि पिछा भइन् भनि तहाँ सुम्प्या सुमित्राजिलाइ॥
येति काम् गरि रामका हुकुमले लक्ष्मण् तयारी भया।
सीता लक्ष्मण साथमा लि रघुनाथ् राजा भयामा गया॥
बीदा हून पिताजि थ्यैं जब सिता लक्ष्मण् लि राम्ज्यू गया।
यस्तो देखि असह्य भो र दुनियाँ शोक् गर्दा भया ॥
सिताराम् कन दुःख यो हुन गयो कैकेयि दुष्टै भई ।
सीता आज कसोरि दुःख सहनिन् घोर् जङ्गलैमा गई॥
यो अन्याय भयो यहाँ त न बसौँ जाऔं प्रभूका सँगै ।
राम्लाइ छोडि यहाँ कसो गरि बसौं बूझेन मन् ता नगै॥
यस्ता बात् गरि लोकले त बहुतै शोक् गर्न लाग्या भनि ।
सब् विस्तार गरि वामदेव ऋषिले सब्लाइ बुझाया पनी ॥
हे लोक् हो ! अति गर्दछौ तिमि त शोक् यो शोक् ता छाडि द्यौ।
साक्षात् विष्णु इ हुन् भनेर मनले श्रिरामलाइ जानि ल्यौ॥
पृथ्विको सब भार् हरेर रघुनाथ् फिर्छन् इ जान्छन कहाँ ।
साँचा हुन् इ कुरा अवश्य तिमिले खेद् कीन मान्यौ यहाँ ॥
यस् बात्ले ऋषिले मनुष्यहरुको खुप् मन् बुझाई दिया ।
पौंच्या राम् पनि कैकेयी र दशरथ जहाँ बस्याका थिया ॥
हे मातर ! वन जनलाइ अब ता आयौं जना तिन् चली ।
बीदा जान मिलोस् म जन्छु वनमा रिस् राग् रती भर् न ली ॥
आग्या जान मिलोस् पिताजिकि पनी जन्छु सदा खुस् म छू।
दुख् पाउनन् कि भनी पिताजि कन शोक् मन्मा न लागोस कछू।
कैकेयी यति बात् सुनी खुसि भई वस्त्र पुराना दिइन।
लाया श्रिरघुनाथले ति कपडा सिताजिले ता लिइन॥
यस्तामा वस्त्र म लाउँ आज कसरी भन्न्या मनैमा धरी ।
लज्जाले रघुनाथका मुख विषे हेरिन् कटाक्षै गरी ॥
श्रिरामले मुटुरा गरी ति कपडा हात्मा जसैता लिया ।
त्यो देखि कन राज पत्निहरु सब् रोया तहाँ जो थिया॥
दुष्टे ! आज सिताजिलाइ किन यो वस्तर् पुराना दियौ ।
यस् काम्ले जति छन् यहाँ इ सबको प्राण् खैंचि लियौ॥
कैकेयी सित बात वशिष्ठ गुरुले येती ग-याथ्या जसै।
बीदा भै रघुनाथ् चढ्या रथ विषे सम्पूर्ण रोया तसै॥
सीताराम् वनमा चल्या रथ चढी लक्षमण् गया साथमा ।
वृक्षैका तलमा रह्या रघुपती घर् छोडि तेस रातमा॥
सुन्दर् एक् तमसा नदी तहिं थिइन् दुबै तिर् भरी ।
आयो लस्कर राम्जिला सँग बस्यो खाली अयोध्या गरी॥
फिर्नन् ता रघुनाथ सँगै फिरियला जानन् चलौंला सँगै
राम्लइ छोडि यहाँ कसो गरि बसौं कहाँ बसौंला न गै
यस्ता सुर प्रभुले बुझी कन तहाँ युक्ती ग-या छल्नको
प्रातःकाल भयो झटपट् उठेर मन्-सुब् ग-या चल्नको
फर्की फेरि सहर् गया झइँ गरी बाटो छली राम् गया।
फर्क्याछन् रघुनाथ् भनेर दुनियाँ सम्पूर्ण फिर्दा भया॥
यस् रित्ले दुनियाँ फिराइ सहरै श्रि राम् वनैमा गया।
गङ्गाका तिरमा पुगेर अब ता रथ् थाम भन्दा भया॥
सुन्दर वृक्ष थियो ठुलो तिर एक् शिंशपाको तहाँ ।
दोस्रो वास् रघुनाथको तहिं भयो त्यै वृक्षका तल् महाँ ॥
फल् फुल् ली कन भेट्नलाइ गुहजी आया बडा हर्षले ।
निर्मल देह भयो तसै बखतमा श्रीरामका स्पर्शले।
मेरो आज पवित्र घर् पनि हवस् ख्वामित् ! ग-याँ बिन्ति यो ।
सेवक हूँ करुणानिधान् ! म कन होस् माया र मर्जी छ जो ॥
यो बिन्ती सुनि भन्दछन् प्रभु तहाँ सून्यौ सखे ! आज ता
वन्मा जान चल्याँ म जान्न घरमा याहीं रहन्छु म ता ॥
कौनै फल्फुल खानु छैन अरुले केही दिउन् ता पनि ।
भन्न्या यो मनमा छ थाम्छु मनको आफ्नू प्रतिग्या भनी ॥
मेरै हौ तिमि राज्य जो छ उ पनि मेरै छ भन्दा भया ।
बर्-को दूद घसी जटा मुकुट झैं पारेर बाँद्धा भया॥
जलपान् मात्र गरी सिता र रघुनाथ् कुश्का शयन्मा गया।
लक्ष्मण्का सँगमा रहि गुह पनी रात् भर् खडा भै रह्या ॥
सीताराम फगत् कुशासन विषे देख्या सुत्याको तहाँ ।
साह्रै ग्लानि भयो बहुत् गुहजिको शोक् बढ्न गो मन् महाँ ॥
भन्छन् लक्ष्मणलाइ भाइ ! फजिति खुप् कैकेयीले दिइन् ।
राजालाइ वशमा गरेर बहुतै हुर्मत प्रभूको लिइन ॥
लक्ष्मण् बात् सुनि भन्दछन् गुहजिका दिल भित्र ठंडा गरी।
लाग्या सुन्न पनी तहाँ गुहजिले तन् मन् वचन् धरी ॥
दाताको छ यहाँ इ दुःख सुखको फल् मिल्छ सब् कर्मको।
दिन्छन् भन्नु कुबुद्धि हो न भन यो नाश् हुन्छ सब् धर्मको ॥
कर्ता हूँ पनि भन्नु छैन अभिमान जन्ले न गर्नु कहीं ।
कर्मैको फल भोग मिल्छ तिमिले यो बुझ्नु जाहीं तहीं॥
धीरा भै रहनु विपत्ति सहनु कस्तै परुन ता पजी ।
कैल्है मोह विषे न पर्नु जनले माया छ संसार् भनी ॥
यस्तै बात् सुनि रात् बित्यो गुहजिका राम्का नजिक्मा रही।
गङ्गा तर्न हुकुम भयो प्रभो प्रभुजिको ताहाँ उज्यालो भई ॥
फिर्दामा म पुजा अवश्य गरुँला सामग्रि ठूलो गरी ।
गङ्गे ! आज म जान्छु घोर वनमा केवल् नमस्कार गरी॥
यस्तो बिन्ति गरी सिता पतितिका साथै चलिन् पार् तरी ।
आग्याले घरमा फि-या गुह पनी भक्ती मनैमा धरी ॥
गङ्गा पार् तरि मिर्ग मारि पकुवा तारेर खाया तहाँ ।
तेस्रो वास रघुनाथको तहिं भयो एक् वृक्षका तल् महाँ ।
चौथो वास् रघुनाथको हुन गयो आश्रम भारद्वाजको ।
राम्ज्यूको ऋषिले ग-या स्तुति तहाँ सुर् जानि काम्काजको ॥
पाँचौ दिन् ऋषिका कुमार् सँग लिया बाटो बताउन् भनी ।
राम्ज्यूलाइ यमुनाजि तारि ति कुमार साँझ्मा त फर्क्या पनी॥
सीताराम् पनि चित्रकुट पुगि गया वाल्मीकि बस्थ्या जहाँ ।
वाल्मीकी कन दण्डवत गरि बहुत् आनन्द मान्या तहाँ ॥
वाल्मिकी कन भन्दछन् रघुपती क्यै दिन् रहन्छू यहाँ ।
कुन् जग्गा बढिया छ सब् तरहले होला सुविस्ता कहाँ ॥
सून्या वाल्मिकिले मनुष्य सरि भै राम्ले ग-याका कुरा ।
सोही माफिक बिन्ति बात् पनि ग-या वाल्मीकि छन् झन् पुरा ॥
जान्दैनन् महिमा बड ऋषि पनी जस्का त एक् नामको ।
यस्ता हौ रघुनाथ ! हजुर कन यहाँ क्या काम् असल् ठामको॥
सज्जन्का हृदयै छ घर् हजुरको अच्छा बहुत् फेर कहाँ ।
विस्तार एक् सुनि बक्सनू पनि हवस् बिन्ती म गर्छू यहाँ
व्याधा हूँ म सप्तऋषिको निर्मल कृपाले गरी।
वाल्मीकी भनि नाम् चल्यो जब जप्याँ राम् नाम उल्टा गरी ॥
उल्टै कि ता छ यस्ति महिमा विस्तार धेर् क्या कहूँ ।
गङ्गाका र इ चित्रकुट गिरिका बिच्मा जगमा रहू ॥
वाल्मीकी ऋषिका वचन् सुनि बहुत् खुस् भै जगन्नाथ् गया।
गङ्गाका र ति चित्रकूट गिरिका बिच् पारि बस्ता थिया॥
गङ्गा देखि सुमन्त्र फर्कि दशरथ जहाँ बस्याका थिया।
ताहाँ जल्दि गयेर जो छ समाचार् बिल्कुल् सुनाई दिया॥
बर्को दूद घसी जटा मुकुट झै बाँध्या दुबै भाइले ।
फिर् लौ जा भनि यो हुकुम् ताहिं दिया राम्ले सिता माइले ॥
गङ्गा पार् रघुनाथ् गया नजरले हेर्दा कठिन् भो तहाँ ।
छोड्याँ देख्न जसै रूँदै रथ लिई दौडेर आयाँ यहाँ ॥
सेवा बिन्ति गरेस् भनी हुकुम भो लक्ष्मण् सितारामको
हाम्रो शोक् रति भर् कदापि न गरुन् हूँदैन शोक् कामको
यस्ता बात् गरि राम् गया भनि सबै विस्तार् सुनाया जसै।
कौशल्या दशरथ्जिलाइ रिसले बाग्बाण् बजारिन् तसै ॥
वाक्शर्-ले अति ताप् भयो र दशरथ् भन्छन् मलाई कती ।
भन्छ्यौ मर्न बखत् यसै हुन गयो छाड्यो शरिरले गती॥
ऐल्हे मर्छु सराप् पनी छ तिमिले खुप् पुत्रशोक्ले गरी।
जस्तै हामि मर्यौं उसै गरो म-या ठूलो विपत्ती परी ॥
येती एक तपस्विले अघि सराप् जो दी गयाथ्या मरी ।
तिन्का तेहि सरापको फल मिल्यो ठिक् आज उस्तै परी॥
सब् बिस्तार सरापको कहि सकी हा राम ! सीता ! गरी ।
प्राणैत्याग दशरथ्जिले जब ग-या खल्-बल् प-यो तेस् घरी ॥
प्रातःकाल भयो वशिष्ठ गुरु झट् मन्त्री लि दर्-बार् गया।
तेल्-मा ती दशरथ्जिलाइ धरि फेर् छोरा झिकाई लिया॥
चाँडै आउनको वशिष्ठ गुरुको आग्या छ भन्या सुनी
दूतैका सँग लागि भाइ कन ली आया भरत्-जी पनी।
कैकेयी सित भेट् भयो भरतको सोध्या पिता छन् कहाँ ।
सब् बृतान्त गरी भरत् त सब् विसतार् सुनाइन् तहाँ ॥
सून्या शोक् मनमा प-यो भरतका साह्रै रिसाया पनी ।
पापी हौ तिमि कुम्भिपाक् नरकमा भोग् गर्न जाउली भनी ॥
कैकेयी कन गालि दी कन तहाँ दुःखी बहूतै भया।
कौशल्याजि जहाँ थिइन् तहिं रूँदै धाउँदै भरत्जी गया ।
हे मातर् ! मनमा कदापि न परोस् मत छैन मेरो रती ।
पाप लागोस् कछु मत् भया गुरुजिलाइ काटेर मा-या जती
बिन्ती यो गरि दुःखमा परि विलाप् गर्थ्या भरत्-जी तहाँ
मन्त्रीवर्ग समेत वशिष्ठ गुरुजी पौंच्या नजिक्मा तहाँ
देख्या शोक भरत्जिको र गुरुले पीता बित्याछन् भनी ।
शोक् गर्नू बढिया त छैन किन शोक् गर्छौ महाराज् ! भनी ॥
नाना तत्त्व कही तहाँ भरतको सब् शोक् गुरुले ह-या ।
सब् आग्या गुरुको लिई भरतले काम्काज् पिताको ग-या
राजाको किरिया जसै गरि सक्या दान्को असङ्ख्यै गरी
तेस् बिच्मा मनले विचार् भरतले राख्या बहुत् शोक् गरी
माता मेरि त राक्षसी सरि भइन् इन्का नजिक्मा यहाँ।
बस्नु योग्य अवश्य छैन अब ता जान्छू प्रभू छन् जहाँ॥
यस्तो चित्त थियो तहाँ भरतको इन्को छ यो मन् भनी।
मालुम् ता गुरुमा थियो तर पनी भन्छन् उचित् हो भनी ॥
बाबको छ हुकुम् यहाँ भरतले राज् गर्नु राम्ले गई।
चौधै बर्ष तलक् बसुन् वन विषे मानो मुनीश्वर भई॥
सीताराम् यहि बातले बन गया याहाँ हजुरले पनी।
गादी चढ्नु हवस् हुकुम् दिनु हवस् यो राज्य मेरो भनी ॥
यस्तो बिन्ति गरी वशिष्ठ गुरु चुप् जस्सै रह्याथ्या तहाँ ।
उत्तर् जल्दि दिया तहाँ भरतले क्या गर्छु यो राज् यहाँ॥
कीर्तीमा अपकीर्ति पारि कासरी राज् गर्नु यहाँ बसी।
दाज्यूको टहलै गरी सँग रह्या लक्ष्मण् रह्याछन् जसी ॥
गया जाहाँ सीतापति म पनि जान्छू अब तहाँ ।
फगत् एक् कैकेयी बसि रहुन् छोड्दछु यहाँ ॥
फलाहारी हुन्छू सिर भरि जटा धरि वनमा ।
म भोलि जान्याछू हिंडि कन विचार् यै छ मनमा ॥
प्रभूको गादी हो प्रभु कन फिरायेर घरमा ।
म गादी सुम्पन्छू किन म गरुँला राज्य करमा ॥
भरत्का यस्ता बात् सुनि कन सबै खुस् अति भया।
भरत् भोली बेरै उठि कन सबेरै हिंडि गया ॥
सबै माता भ्राता गुरु सहित सब फौज ली।
फगत् सीताराम्का चरणतलमा चित्त पनि दी॥
भरत् गङ्गा पौंच्या गुहजि कन शङ्का हुन गयो ।
ठुलो लस्कर देख्या न बुझि कन तार्नै डर भयो ॥
लडौंला नाउ खैंची भरत कपटी हुन् यदि भन्या ।
भनी मन् भै लस्कर्-हरु तयार् हौ पनि भन्या ॥
ठुलो भित्री मत्लब् गरि कन गये बुझ्दछू भनी।
तहाँ भेटी राखी नजर तिर हे-या कछु पनी॥
जसै देख्या आँसू गह भरि धरी शोक् पनि गरी ।
कहाँ मिल्छन् सीतापति म कन भन्दा घरि घरी ॥
जसै सिर् पाऊमा गरि ति गुहले ढोग् पनि दिया।
भरत्ले अङ्कमाल् गरूँ भनि उठाई कन लिया ॥
भरत्जीले सोध्या गुह सित सिताका पति यहाँ।
सुत्याको स्थल कुन् हो म कन जान्छू अब तहाँ ॥
गया विस्तार् पाई रघुपति सुत्याका शयनमा ।
भरत्ले खेद् मान्या कुशशयन देखेर मनमा ॥
अहो ! मेरा खानिर् वन वन सिताजी पति सँगै ।
कुशासन्मा सुत्छिन् न त यसरि सुत्थिन् अघि कतै॥
अहो ! धिक्कार् मेरी जनमजननी कैकेयि भइन्।
इनैले गर्दैमा पति सँग सिताजी वन गइन्॥
कहाँ छन् सितानाथ् कति पर गया भेट्तछु कहाँ ।
छ केही मालुम् ता म कन कहु जान्छु अब तहाँ ॥
बताया जहाँ छन् भनि ति गुहले राम् कन पनी।
गुहैका सम्चर्-ले खुसि पनि भया भेट्तछु भनी॥
सब् विस्तार बताई ताहिं गुहले गङ्गाजि तारी दिया।
तहाँ देखि भरत् चली पुगि गया जहाँ भारद्वाज् थिया ॥
एक् दिन् ताहिं मुकाम् ग-या भरतले सम्मान ऋषिले ग-या ।
बिल्कुल् सैन्य जती थिया भरतका मेज्मानिले छक् प-या॥
भोलि बेर सबेर लस्कर लिई बीदा ऋषि थ्यैं भया ।
कैल्हे पुग्दछु चित्रकूट गिरिमा भन्दै भरत्जी गया॥
खुस् भै लस्कर चित्रकूट गिरिका पौच्या नजिक्मा जसै ।
खोज्या ताहिं भरत्लजिले अघि गई डेरा प्रभूको तसै ॥
डेरा देखि भरत्जी जहिं नजिक् गया पाउका छाप देख्या ।
श्रीराम्का पाउका छाप् चिह्नि कन खुसिले माथले ताहिं टेक्या ॥
भन्छन् धन्न्यै रह्याँछू सहज न मिल्न्या पाउको छाप देख्याँ।
ब्रह्माजीले न पाउनू छ त पनि सहजै माथले आज टेक्याँ ॥
आन्दोलन
पारिजात
चुँडालेर बन्धनबाट
आँप, बेल र पीपलको पातहरूका
एउटी विवश बेहुलीको चाहना जस्तो
उम्कन नसक्ने होइन मुक्ति
पर्यावरण नमिलेको माटोमा
फुट्न नसकेको दाखको विरुवा होइन मुक्ति
ज्यूँदो मान्छेको मुटु ज्यूँदो मान्छेले
हत्केलामा यसै निचोर्न सक्तैन
एउटाले अर्कोलाई मार्नैपर्छ
यसो गर्नलाई
मण्डप भित्र मन्त्रहरूले कति दिन
छलाउन सक्छ मुक्तिलाई
के हो र मन्त्र मुक्तिको निम्ति ?
लात्ते भकुण्डो होइन मुक्ति
भरौटे खेलाडीहरूको छलाउनलाई यता र उति
होस गर्न पर्छ यस्तो सोच्नलाई
मुक्ति साङ्लामा बाँधिइन सक्ने बस्तु होइन
आकाश भरी पहिले बाटै
तैनाथ गरेर छरिता बाजाहरूको जमातमा
उडाउँछन् शान्तिकामी हातहरू सेता परेवाहरूको जोडा
शान्तिका प्रतीकहरू, रक्ताम्य अन्तरिक्ष
होस गर्नु विडम्बना हुनेछ लुम्बिनी र शान्ति क्षेत्र
काँक्रा र फर्सीका बिऊ जस्तो
पट्ट पट्ट फुटेर समयअनुकूल माटो र ऋतुमा
झाँगिदै, लहरिँदै जान्छन् आन्दोलन बनेर
मुक्तिका चाहनाहरू
चुँडालेर कथित बलियो बन्धनबाट
आँप, बेल र पिपलका रंगीचंगी पातहरूको ।
होस गर्न पर्छ यतिखेर
निर्धाका मुटु निचोर्नेहरूले
शक्तिशालीका मुटु निचोर्ने हातहरू यता पनि तयार छन्
एकपछि अर्को लस्कर लागेर
(पग्लेर पनि तिम्रो मुटुबाट कवितासंग्रहबाट)
मुक्तकहरु
हेमन्त हितैषी
मुक्तक १
मुटुमा ढ्याङ्ग्रो नठोकुञ्जेल सम्म धड्काउनु पर्छ,
प्रेसरकुकरमा कोचेर नपाकुञ्जेल सम्म छड्काउनु पर्छ ।
सहमति नगरि अत्तोमात्रै थाप्ने, ६०१ जनालाई,
सिलिण्डरको ग्यास चुहाई संविधान सभामा पड्काउनु पर्छ ।
मुक्तक २.
सखाप भयौं भन्ने जाने हुन्छ झोक्र्याउन पाइँदैन
सबै जातिको स्वाभिमान कायम गर घोक्र्याउन पाइँदैन ।
राष्ट्रिय अखण्डता ध्वस्त पारि हालिमुहाली गर्नलाई,
जातीय राज्य चाहिंदैन, देश टुक्रयाउन पाइँदैन ।।
चिप्लेढुङ्गा, पोखरा
मेरी पुजनीय माता जमूना अधिकारी प्रति समर्पित / गजल
रामचन्द्र अधिकारी
दिईजन्म देखाई धर्ती ममता वर्षाउने नि यिनै हुन् ,
कोखाई कोखाई बाबु भन्दै हुर्काउने नि यिनै हुन् ।
दाजु थिए, भाइ थिए, थिए धेरै परिवारमा,
मेरै भागमा बढी दूध तुक्र्याउने नि यिनै हुन् ।
केट्केटी थेँ चकचके थेँ गल्ती हुन्थेँ धेरै मेरा,
‘म मरेत खालास्’ भन्दै घुक्र्याउने नि यिनै हुन् ।
पढिलेखी ठूलो हुन स्कूल जानु पर्छ भन्दै,
लगाईदिई जुत्ता तोना सुक्र्याउने नि यिनै हुन् ।
नभएका हैनन्  छिमेकीमा दामली र साथिभाइ,
‘रामचन्द्र’नै राम्रो भन्दै फुक्र्याउने नि यिनै हुन् ।
गजल
भुवन छेत्री
पर्दाभित्र आफ्नैको कालो कर्तुत देखियो आज,
मेरो अङरक्षक जो, दुश्मनको दुत देखियो आज
मानवता बिर्सेर अनेकथरी जात छुट्टाउने मान्छे
कठघरामा  उसको बिचार  अछुत देखियो आज
छानबिन गर्न अक्तियारमा नयाँ अनुहार आयो
बिडम्बना उसकै सम्पत्ति अकुत देखियो आज
सत्ताको खेल भ्रम हो कि खेलाडी दिग्भ्रमित भो
हिजो ईतिहास जित्ने चै पदच्युत देखियो आज
देशको नाममा कती सन्तान शाहीद बने इतीहासमा
देशलाई शाहीद बनाउने वीर ! सपुत देखियो आज