19 - Baishak - 2068

रामचन्द्र अधिकारी

दिईजन्म देखाई धर्ती ममता वर्षाउने नि यिनै हुन् ,
कोखाई कोखाई बाबु भन्दै हुर्काउने नि यिनै हुन् ।

दाजु थिए, भाइ थिए, थिए धेरै परिवारमा,
मेरै भागमा बढी दूध तुक्र्याउने नि यिनै हुन् ।

केट्केटी थेँ चकचके थेँ गल्ती हुन्थेँ धेरै मेरा,
‘म मरेत खालास्’ भन्दै घुक्र्याउने नि यिनै हुन् ।

पढिलेखी ठूलो हुन स्कूल जानु पर्छ भन्दै,
लगाईदिई जुत्ता तोना सुक्र्याउने नि यिनै हुन् ।

नभएका हैनन्  छिमेकीमा दामली र साथिभाइ,
‘रामचन्द्र’नै राम्रो भन्दै फुक्र्याउने नि यिनै हुन् ।

One Response to “मेरी पुजनीय माता जमूना अधिकारी प्रति समर्पित / गजल”

  1. adhikari krishna says:

    धेरै राम्रो छ रामचन्द्र सर, अरु पनि पदन पाइओस् शुभकामना

प्रतिक्रिया दिनुहोस्

(Press Ctrl+g to write in English or press the above button.)