5 - Magh - 2067

…… सन्जिव पौडेल

आज म तिमीलाई
मेरो जिन्दगीको
एक उपहार दिन चाहन्थेँ
आकाशका तारा गनेर
धर्तीको मनोरम काखमा बसेर
म धर्ती विर्सन चाहन्थेँ
म आकाश भेट्न चाहन्थेँ
मेरो विश्वास
मेरो जीवनको एक मीठो सङ्कल्पले
त्यो उडान गर्न सकेन
ती रहर फेरि पनि रहरमै सीमित रहे

म सँग फूल थियो
तर फूलजस्तो अरू केही थिएन
आकाशको जून थियो
त्यो जूनजस्तो पनि केही थिएन
मेरो आफ्नै मन थियो
मेरो मन जस्तो पनि अरू केही थिएन
त्यही मनले बुनेको एक सपना थियो
सपनाजस्तो पनि कुनै चीज थिएन
किनकि
फूल आकाश,मन अनि मनका सपना
प्राकृतिक हुन्
अरू कृत्रिम कुराहरूले
तिनको उचाई भेट्न सक्तैनन्
त्यसैले म तिमीलाई
क्ृत्रिम वस्तु टक्र्याउन चाहन्न
जसले कृत्रिम सम्बन्ध जनाउँछ
म प्रकृतिसँग रहेर
प्राकृतिकतामा रमाउन चाहन्थेँ

तिमीसँगका मीठा पल
म भित्रका सुखदुःखका पत्रैपत्र
तिमीसँगका अनुभूतिहरू
म साट्न चाहन्थेँ
केही आफ्नै कोसेलीहरू
पस्कन चाहन्थेँ

तर म
त्यो मीठो संसारमा पुग्न सकिन
किनकि
तिमी त्यहाँ पुग्न चाहन्नथ्यौ
मैले तिमीलाई भेट्न सकिन
किनकि
तिमी मलाई भेट्न चाहन्नथ्यौ
तिम्रो चाहनाविना
तिम्रो स्वीकृतिविना
मेरा कुनैपनि इच्छा पूरा हुँदैनन्
त्यसैले त पटकपटक भन्ने गरेको छु
तिमी नभए
जिन्दगानी……………………..।

2 Responses to “तिमी नभए……………..”

  1. क्ृत्रिम वस्तु टक्र्याउन चाहन्न
    जसले कृत्रिम सम्बन्ध जनाउँछ
    सच्ची कती दर्द छ

  2. सन्जिव
    म सँग फूल थियो
    तर फूलजस्तो अरू केही थिएन
    आकाशको जून थियो
    त्यो जूनजस्तो पनि केही थिएन
    यस्तो मिठो भावना कती दर्द लुकेको छ यस सब्द भित्र
    कृष्ण प्रसाद मारासीनी
    पोखरा

प्रतिक्रिया दिनुहोस्

(Press Ctrl+g to write in English or press the above button.)