Archive for November, 2010

19 - kartik - 2067

लक्ष्मीप्रसाद देवकोटा


कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पूजा गर्ने,
साथ कसोरी लाने हो ?
मानिसहरुको काँध चढी,
कुन देवपुरीमा जाने हो ?

( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)

17 - kartik - 2067

अल्पबिराम पोखरेली

आमा ! 

दिदीलाई भन्दिनोस 

हर्पेको घीऊ र डालाको चामल सकेर 

सेल पकाउनु पर्दैन 

कुन्डेको दूध अनिकालको दाउरा सकेर 

खुवा घोट्नु पनि पर्दैन 

भ्याई नभ्याई 

सयपत्री , मखमली र सुपारी फूलको 

माला गाँस्नु पनि पर्दैन / 

म आउने बाटो 

एम्बुशमा परेको छ 

म आउँन सक्दिन / 

भाईको चिरायूको कामना सहित 

सोली बोकेर यतै आउलिन दिदी 

नजाने रे भन्दिनोस ,आमा ! 

चेलीबेटीका अश्मिता लुटेराहरु 

द्यौराली , भन्ज्यांग र हटियाहरुमा 

नाङ्गो बुर्कुशी मारिरहेका छन् / 

निहत्था छु म 

दिदीको अस्मितासंगै ज्यान बचाउन सक्दिन म 

भिनाज्युको नासो हो 

दिदीको अस्मिता 

भान्जा भान्जीको भविष्य हो 

दिदीको ज्यान / 

बाँचिएछ भने अर्को साल पनि आउने छ तिहार 

उज्यालो मनले गरौंला दीपावली 

रगत र बारुदको छिर्का होइन 

शीतले नुहाएको चोखो 

सयपत्री , मखमली र सुपारी फूलको 

माला पनि लगाउँला 

सप्तरंगी टीका पनि लगाउँला यसपाली त जो हेर्यो उही यमराज

  हेर्यो उतै यमपाश

 मेरो तिहार एम्बुसमा परेको छ /