कृष्णप्रसाद मरासीनी (राजी)

कृष्णप्रसाद मरासीनी (राजी)
बधाई छ तिमिलाई तिम्रा आउँदा हरेक पाइलाहरुमा,
शुभकामना छ तिमिलाई नयाँ जीवनका मोडहरुमा
कति सजिलै चुनेको नयाँ बाटो पनि
यस्तो लाग्छ कसैको मनलाई सोध्ने कोशिश पनि गरिनौ
एक चोटि पनि पछाडि फर्केर हेर्ने प्रयास गरीनौ,
सँगै जीउने सँगै मर्ने कसम खाएको रे
निसङ्कोच बाचाहरु वाचाहरु तोडिदियौ तिमीले
पश्चातापको आवाश समेत झुल्किन दिएनौ,
तै पनि बधाइ छ तिमीलाई सफलतको
आफ्नै मुटुसँग हारेको पनि चाल पाएन
कति छिट्टै सजाएर नयाँ संसार मा रमायकी
हृदयको आफ्नो राजालाई पनि जिउँदै लास बनाइदियौ,
तै पनि ति तिमीसँग विताएका पलहरु
ति हरेक क्षणहरु कहाँ भूल्न सकिन्छ र,
नचाहेर पनि तिम्रै झझल्कोहरु को महल बनाइदियौ
खै दोश नै के दिऊ र शायद म मा नै पो कमी थियो कि
डर लाग्छ कहीँ अर्को जिवनसँग पनि तिमी
यसरी ने खेल्ने हौकि
बिन्ती छ मेरो तिमीलाई यौ भन्दा आफ्नो निर्लज्जकौ आवश नदेखौ अरुलाई
तै पनि तिम्रो हरेक कदममा खुसियाली छाओुुस्
निश्चल निस्वर्थ अन्तर आत्मा दैखि बधाई छ तिमीलाई
बधाई छ तिमीलाई
बधाई छ तिमीलाई
हाल :-दोहा कतार
पोखरा कास्की
Email- krishnamaraseni@yahoo.com
राम्रो लागो कविता कृष्ण सर