20 - Ashwin - 2067


सधै–सधै एउटा शरद समय
दशैं बनेर आउ“छ,
दशैं आयो खाउ“ला पिउ“ला…… ।

यस्ता दशैंहरू
पूर्खाका जिजिविषामा
कैयौ पटक आए,
शताब्दीयौ पूराना यी दशैंहरू
पोहोर आए,
परहार आए
साल–सालमा आए,
तर, सधै आउने यी
दशैंहरू
आफैंमा अनुभव हुन सकेनन्,
न अनुभूति हुन सके,
किनकि
दशैंको कुनै रङ ह“दैन,
दशैंको कुनै आकार ह“दैन ।
मान्छे अमान्छे बनेको पल
धर्तीमा दशैं आउने गर्छ
उस्तै दशैं
हाम्रँ पूर्खाले मानेको दशैं,
हामीले मान्ने दशैं
सामन्ति रूद्रचण्डीलाई
निर्दोष जीवको वलि चढाएर
दाशत्व र हिंसाका प्रतिक वनेर
किन आउ“छ दशैं ?
एउटा हा“स्नलाई अर्को रून,
एउटा बा“च्नलाई अर्को मर्न,
सोमरसका वोतलहरूमा,
मासुका चोक्टाहरूमा,
जुवाका खालहरूमा ।

आगमनको यस्तो अभुतपूर्व
बारम्बारतामा
कुनै दशैंले
हर्के दाइको टोपी फेरेनन्
सानेको स्कुलको  ‘फिस’ तिरेनन्
न कान्छी भाउजूको चिसो चुल्हो बाले,
ओ दशैं ∕
तलाई मान्छेले दशा नभनेर किन दशैं भने होला ?

हुनेखानेलाई आउ“छ,
हु“दाखानेलाई मार्छ
सधै–सधै एउटा शरद समय
दशैं बनेर आउ“छ,
दशैं आयो खाउ“ला पिउ“ला…… ।
भोलि फेरि काहा“ जाउ“ला…….।।
रामचन्द्र अधिकारी, ढिकुरपोखरी–९,कास्की

One Response to “दशैं र अनुभूति”

  1. akash sharma says:

    रामचन्द्र अधिकारीजी गजल राम्रो छ i likme it

प्रतिक्रिया दिनुहोस्

(Press Ctrl+g to write in English or press the above button.)