14 - Ashwin - 2067

(कृति समीक्षा)

–रामचन्द्र अधिकारी

मानव सभ्यताको सुरुवात देखि नै साहित्यको पनि विकास भएको हो । आदिमकालदेखि वर्तमान अत्याधुनिक युगसम्म आइपुग्दा साहत्य विकासक्रममै छ जसरी मानव सभ्यता पनि आधुनिकता बाट उत्तरआधुनिकतातर्˚ लम्कीरहेको छ । यस अर्थमा साहित्यको विकास पनि सापेक्ष नै हुन्छ । मानव सभ्यता र साहित्य समानान्तर विकास हुने गर्छन् र पनि एकअर्काका परिपूरक हुन । शारांशमा भन्दा साहित्य कुनै ठाउ“ बिशेषको सभ्यता नाप्ने कसि हो भन्दा अतिसयुक्ति नहोला ।

 मानव सभ्यताको इतिहासमा साहित्यको विकासक्रमसँगै विभिन्न विधाउपविधाहरुको स्थापना भयो । र ती विधा उपविधा हरुले चर्चा परिचर्चा पनि पाउँदै गए । पछिल्लो समयमा पूर्वीय साहित्यको इतिहासबाटै उर्वर साहित्यक भूमि मानियको दक्षिण यसियामा मूलतः ˚ारसी र उर्दू भाषाबाट विकसित गजल साहित्यको प्रभाव बढेको पाइन्छ, यद्यपि समय सापेक्ष साहित्यका अन्य विधा उपविधाहरुले पनि धेर थोर विशेष प्रभुत्व नजमाएका भने होइनन् । जे भए पनि वर्तमान समय भनेको गजलको समय भएको भने निश्चितरुपमा नै हो । वि.सं. १९४० तिर नेपाली साहित्यको माध्यामिक युगका नायक मोतीराम भट्टले आफ्नो वानरस प्रवासकालमा विशेष गरेर ˚ारसीको अध्ययन कालमा भारतीय सड्डीतकारहरुलेसमेत टुटे˚ुटेको देहाती भाषामा गजल गाउन थालेको अवस्थामा गजललाई नेपाली भाषामा रचना गरेर भाषान्तरको व्यवधानलाई हटाउनु र पछि सड्डीत चन्द्रोदय जस्तो कृति नेपाले साहित्यमा पाउनु एक अमूल्य उपलब्धि मान्न सकिन्छ । (पराजुलीः नेपाली साहित्यको परम्परा,पृठः१३५) इतिहास जे जसरी गए पनि आधुनिक साहित्यको सुरुवात पश्चात, लेखनाथ पौड्याल, भीमनिधी तिवारी लगायतका थोरै स्रटाले जोगाएर बहुुदलिय प्रजातन्त्रको पुनर्वाहाली वि.सं. २०४६ साल सम्म पु¥याए त्यसपछि मात्र अर्थात् मोतीयुुगको एक शताब्दी पश्चात् गजलले पुनः न्याय पाएको देखिन्छ । नेपाली साहित्यमा गजलको विकासको कुरा गर्दै जाँदा पोखराको गजल र यसको पनि विकास प्रक्रियाको प्रसङ्ग पनि अवश्य आउनु स्वभाविक हा । मोती पछि गजल लेखनलाई केहि सीमित स्रटाले मात्र निरन्तरता दिएका थिए जसको अग्रपङ्तिमा कवि शिरोमणी लेखनाथ पौड्यालको नाम पनि जोडिन आउँछ । पौड्यालको परिष्कारमूलक काव्यिक उपलब्धिले गजल ओझेलमा परे पनि पोखरेलि परिवेशमा हालसम्को इतिहासले पहिलो गजलकार भनेर लेखनाथलाई नै मान्नुको विकल्प अन्वेषण भईसकेको छैन । पोखरामा ५० को दशकबाट गजल लेखनले तिव्रता पायो र गजलमा कृति प्रकाशन पनि सुरु भयो, आर.वि फ्लेमको ‘ज्वालाका रापहरु’ बाट र यस दशकको अन्त्य तथा ६० को दशकको सुरुवात्सम्म धेरै गजल स्रष्टा जन्मायो कृतिहरु छपायो पोखराले । यही समयनै पोखरेली गजलले एउटा उत्कृट तह निर्माण गर्ने समय पनि मान्न सकिन्छ । यही समय हो गजलले हरेक साहित्य अनुरागीहरुको मन छुन स˚ल भयो साथसाथै साहित्यक आन्दोन मार्˚त स्रष्टाहरु सडकमै गजल गाउन थाले । गजलले निरुङ्कुशताको अन्त्य गरेर गणतन्त्र भिœयाउन सफल भयो भने आँ˚ु स्वयम् पनि लोकप्रियताको शिखरमा चढ्न सफल भयो । पोखराका गजलकार प्रकट पगेनी ‘शिव’ को देशव्यापी श्रृङ्गारीक गजल वाचन सुन्न देशका विभिन्न सहरमा मानिसहरु टिकट काटेर आउन थालेको प्रसड्डले पनि गजलको लोकप्रियताको सीमा प्रस्ट्याउँछ । यसरी समग्र नेपाली गजल सहित्यको उत्थानमा पोखरेली गजलकार र गजलको ठूलो योगदान रहेको छ । हाल सम्म आइपुग्दा लागभग दूई दजन गजल कृति पनि पोखराबाट प्रकाशन भइसकेका छन् । पोखराबाट यो महान गजल क्रान्तिमा योगदान पु¥याउने धेरै स्रष्टामध्ये एक कमल पौडेल ‘अथक’ पनि हुन् । हुनत केही गजल ‘भइरस’हरुले साहित्यिक भ्रष्टचार, गुठवन्दी गरेर आँ˚ु बरिष्टको ताज पहिरन कसरत नगरेको अवस्था नभएको पनि होइन, तर निरन्तर साधना र परिश्रम विनाका वरिष्ट क्षणभरका लागि मात्र भन्दा नहुनेमा कुनै मतान्तर नरहला ! २०६२ सालमा आफ्नो पहिलो गजल कृति ‘गजेको भोटो’ प्रकाशन गरी २०६६ सालको यो संघारमा आउँदा आफ्नो आठौं साहित्यिक कृति तथा दोस्रो गजल कृति ‘प्रेमको मधुमास’ मार्फत यी स्रष्टा आफ्नो अथक परिश्रमको परिणम नेपाली साहित्यमा दिलाउन सफल देखिन्छन् । यसो त मोफसलमा रहेर साहित्य सृजना गर्न जति गा¥हो छ, त्यती नै चर्चा पाउन जटिल पनि छ, तर पनि अहोरात्र समाचार सड्ढलन गर्दै पोखराको सडमा दौडदा यहीको परिवेश, परम्परा, कुरीति, संस्कृति, प्रकृतिको साहित्य पनि सड्ढलन गर्न सक्नु स्रष्टाको मुख्य काव्यिक विशेषता तथा गजलमा नेपाली पन दिलाउन नेपाली लोका सड्डीत, उखान टुक्का, झर्रा नेपाली शब्दको प्रयोग प्रवृत्ति भएर देखिएको छ ।

 यसपाली सङ्ग्रहको नाम ‘प्रमको मधुमास’ गजलकारले आफ्ना सङ्ग्रहित गजल शेरहरुप्रति पूर्ण न्याय दिएका छन् । अघिल्लो गजल कृति ‘गजेको भोटो’मा कता कता सङ्ग्रहको नाम र त्यस भित्रका गजलहरुमा तालमेल नमिलेको जस्तो भान हुन्थ्यो, जुन प्रेमको मधुमास सम्म आईपुग्दा वुद्धिमतापूर्वक नाम जुराउन स्रष्टा सफल देखिन्छन्, किनकी उनका सबैजसो गजलहरुमा प्रेमको चर्चा छ र प्रेम गजलको धर्म पनि हो ।

जवानीमा प्रेमको हुन्छ मधुमास,

जिन्दगिको भकारी बन्छ मधुमास । लामो गजल, पृठः२३

एक सय चार वटा गजल र अझै सङ्ग्रहको अन्तिम गजल सम्वभतः नेपाली इतिहासमै सबै भन्दा लामो गजल ३१० शेर भएको गजल तयार पारेर एउटा इतिहास रच्ने काम गरेका छन् । लामो गजलको कुरा गर्दा पोखरेली अर्का गजलकार लक्ष्मण थापाले पनि आफ्नो पछिल्लो गजल कृति ‘पाला पाला’मा दुईवटा लामा गजलहरु समावेश गरेका छन् जसमा एउटा एक सय एक शेर र अर्को तीन सय एक शेरका छन् । जे भए पनि पोखराबटै लामो गजल लेखनको इतिहास रच्न खोज्नु सुखद पक्ष हो । गजलको प्राविधिक नियममा रहेर यति धेरै शेरको गजल सिर्जना गर्नु सानो तिनो प्रतिभाको उपज भनै अवश्य होइन ।

स्रष्टाले प्रेमको मधुमासमा सबै गजलमा श्रृङ्गारिकता अर्थात् प्रेम भाव व्यक्त गरेका भने छैनन्, यद्यपि अधिकांश गजल भने श्रृङ्गारिक नै छन् । यसो त नेपालमा हालसम्म प्रकाशित अधिकांश गजल कृतिहरुमा एकै किसिमको विषयवस्तु भने पाईदैन भने गजल कृतिमा मात्र नभएर साहित्यका अन्य गेय विधाका कृतिहरुमा कमै मात्र एउटै विषयवस्तुको प्रधानता पाइएको छ । अथक पनि आफ्नो सङ्ग्रह ‘प्रेमको मधुमास’मा श्रीङ्गारिकताका साथसाथै राष्ट्रप्रेम, सामाजिक विसड्डतिप्रतिको व्यङ्ग्य, मानवतावादी, शुन्यतावादि, निरासावादी, नारीवादि आदि दृष्टिकोण साथै राजनीतिक सचेतना भएका भिन्न शैलीका गजल मार्फत प्रस्तुत भएका छन् । जे जस्तो विषयवस्तु प्रयोग भए पनि अथकका गजलहरु गजलमा पर्यक्त स्त्री प्रेम र माटोको प्रेमले समग्र गजलहरु नै प्रेममय अवश्य भएका छन् ।

हाम्रो देश विग्रेको छ हल्लै हल्लाले,

आज देश भरिए छ झल्लै झल्लाले । पृष्ठः२०

कलापक्षका हिसाबले गजलका शेरहरु जति आवद्ध हुनुपर्छ भावपक्षबाट त्यति नै मुक्त वा स्वयत्त हुनु गजलको विशेषता हो र गजल सिद्धान्तले पनि मुसलसल(एकै विषयवस्तु समावेश भएको गजल) भन्दा गैरमुसलसल (विवध विषयवस्तु समावेश भएको गजल)शैलीका गजललाई उत्कृट गजल मान्दछ (न्यौपानेः गजल सौन्दर्य मिमांश, पृठः ) । गजल प्रविधिको हिसाबले प्रेमको मधुमासमा प्रमुख चर्चा पाउनु पर्ने गजल तीन सय दश शेरको गजल हो, समग्रमा यो गजल पनि गैरमुसलसल शैलीमै रचना गरिएको छ । झट्ट हेर्दा यो गजल मुसलसल शैलीको लाग्न सक्छ तर गजलमा प्रारम्भदेखि सातौं शेर सम्म मात्र एकै भावधाराका मिसराहरु प्रयोग गरिए पनि तत्पश्चातका शेरहरु स्वायत्त नै छन् समष्टिगत रुपमा कृतिका अन्य एक सय दुईवटै गजलकै प्रतिनिधि गजलजस्तो लाग्छ, किनकि लामो गजलशेरहरुमा अभिव्यक्त भाव पक्ष अन्य गजलमा पनि प्रयुक्त छ । लामो गजल कै प्रसड्डमा भन्नु पर्दा सामान्यत पाँच शेरभन्दा लामा सात शेर देखि लिएर सत्र शेर सम्मका अन्य धेरे गजलहरु छन् कृतिमा ।

गजलकार अथकले गजललाई लामो बनाउने क्रममा जति गजलको आयतनमा ध्यान दिए त्यति ध्यान समग्र शेरहरुको भाव पक्षलाई भने दिनसकेको देखिदैन । यस अर्थमा उनको लामो गजल प्राविधिक हिसाबले जति सफल छ, त्यति भाव समष्टिमा त्यति नै कमजोर पनि छ । स्रष्टाले ‘आँखा फर्फरायो’ जुन रदिफको प्रयोग गरेका छन् र यो गजलको मुख्य भाव विन्दु पनि हो, त्यो नै सबै शेरहरुमा उपयुक्त लाग्दैन अर्थात् पाठकले पठ्दा शेरमात्र बढाएर गजलको आकार तन्काउनुको अर्थमा बाहेक अन्य प्रयोजन देखिदैन ।

ब्राह्मण, क्षत्री, वैश्य,शुद्र अन्य जाति छ,

देश नै विशाल होकी आँखा फर्फरायो । लामो गजल,पृष्ठः५८

यो शेरको पहिलो मिसरामा गजलकारले नेपालको वहुजातिय विविधताको सुन्दर विषय उठाएर दोस्रो मिसरामा देश विशाल सम्म पनि जति उत्तम विचार पोखेका छन्, त्यो सबै विशिष्टिततालाई रदिफले निलेको छ र शेर हास्यास्पद बनेको छ । यस्ता केही उदाहरणहरु यस लामो गजल वाहेकका गजलहरुमा पनि पाउन सकिन्छ, जुन गजलकारको प्रमुख कमजोरी वनिरहेको छ ।

 रीति थिति मिलाएर गरौ काम भन्ने,

नीतिको सवाल होकी आँखा फर्फरायो । लामो गजल,पृष्ठः ६०

गजलसिद्धान्तकै कुरा गर्दा कम्तिमा छ अक्षर भन्दा घटिमा अक्षरहरुको निर्माण रुप र स्वरुप गजलले नस्वीकार्ने मान्यता छ, यस अर्थमा एक मिसरामा कम्तिमा पनि अक्षरको मात्रा सङ्ख्यात्मकरुपमा ६ हुनु पर्छ । (समीप, गजल उत्सव पृठः ) प्रेमको मधुमासमा गजलकारले छोटा गजल लेख्ने भन्दैमा असी, उनान्असी,अठासी, पचहत्तरऔं आदि नम्वरका गजलहरुका केही मिसरामा उल्लेखित नियम मिच्नेकाम गरेका छन् ।

राम्रो गरे

फलिफाप । पृष्ठः४१

गजलमा एकाक्षरी, मिलित, पूर्णशब्द, शब्दांश, मिश्रीत आदि भिन्न थरीका काफियाहरु प्रयोग गरेका छन् भने केही गजलमा काफिया र केहीमा रदिफ मात्र प्रयोग गरिएको पनि छ ।

– मिठो बोली,

हान्यो गोली । पृष्ठः४३

यहाँ ‘बोली’ र ‘गोली’ एकाक्षरी काफिया हुन् भने यो गजल रदिफ भएको गजल हो भने थोरै अक्षर भएको गजल पनि हो ।

वर्तमान राजनीति परिस्थिति र देशमा वढिरहेको अशान्ति, अराजकता र गणतन्त्रको स्थापना पछिको करोडौं नेपालीको सपनाको नयाँ नेपाल सपनामै सीमित रहँदाको पीडा गजलकार स्वयम्लाई पनि छ

 – देश रुँदा सगरमाथा शीर झुकेको छ,

 दुःखी गरीब जनताको घाटी सुकेकोछ । पृष्ठः२१

यता आन्तरिक पीडाले पिरोलिइरहेका नेपालीलाई पटक पटक सीमा अतिक्रमणले फेरी खीया लागेको खुकुरी उधाउनु पर्ने बाध्यताको सृजना हुने स्थिति पनि छ नेपालमा–

टेक लठ्ठी जाउ बस देशको सीमानामा,

नत्र देश ढाकिने छ गल्लै गल्लाले । पृष्ठः२०

गजलकार देश, राष्ट्र र जनताप्रति जति संवेदनशील छन, उती नै संवेदनशील छन आफ्नो जन्मभूमिप्रति । जन्मभूमिलाई उनी स्वर्गसँग तुलना गर्न पनि गजल शेरको सहारा लिएका छन् –

 फलुन् पूmलुन् स्वइच्छाले सृष्टिका बीऊ सबै,

सधै स्वर्ग भन्न पाउँ पाख्रिवोट । पृष्ठः३२

यस्ता विविध आयामका गजलले कृति तयार बनाउने स्रष्टा कमल पौडेल ‘अथक’ वि.सं. २०३५ सालमा स्याङ्जाको विचारी चौतारा, वडा नं. ६, पाख्रिवोटमा जन्मेर पोखरालाई साहित्यिक कर्म थलोमानि साहित्य साधनामा तल्लीन छन् । विशेष गरि लोक संगीत र बोलीचालीका ग्रामीण भाषा, भाषिका तथा ठेट नेपाली झर्रा शब्दको प्रयोग गरेर गजललाई नेपालीपन दिन सफल यी स्रष्टाले मोफसलको साहित्य सेवामा अमुल्य योगदान पु¥याएका छन् । सरल र सहज लेखनबाट जो कोहीले पनि पढेर सहजै बुझ्ने यीनका गजलमा प्रयुक्त भाषा कामचलाउ छ भने प्रविधिक कुरामा गजलकार होसियारी अपनाउदा अपनाउदै पनि कही कतै चिप्लिएको देखिन्छ ।

यसरी समग्रमा नेपाली गजल साहित्यको इतिहासमा निर्माणमा एउटा कोशेढुड्डा सावित हुन सक्ने सम्भावना प्रेमको मधुमासमा पक्के छ भने लामो गजले एउटा अर्को महŒव अवश्य राख्दछ । जे होस समग्र नेपाली गजल साहित्यमा एउटा स्पस्ट आयतनयूक्त ईट्टा थप्न सफल यो कृति गजल अनुरागिहरुका लागि प्रशस्त साहित्यिक खुराक बन्ने हैसियत कृतिमा छ र यो सफलताको शिखरमा चुम्नेमा अपेक्षा एवम् विश्वास गर्न सकिन्छ ।

कृतिः प्रेमको मधुमास

विधाः गजल

गजलकारः कमल पौडेल ‘अथक’

प्रकाशकः श्रीमती बसुन्धरा पौडेल

पृष्ठ सङ्ख्याः ८४

 मुल्य रुः२००

One Response to “गजलका शेरमा प्रेमको मधुमास”

  1. athak says:

    ramchandra ji dheri dhennayabad samiskhsa ko lagi

प्रतिक्रिया दिनुहोस्

(Press Ctrl+g to write in English or press the above button.)