शिवकुमार सुवेदी
माछापुच्छे उच्च मा.वि.
शिक्षण पेसामा संलग्न रहदा पत्तै नपाई वर्षै बितिसकेछ । उन्याइस वर्षै कल्कलाउँदो जवानी, ओठमाथि भर्खरै जुगाँले ठाउँ ओगट्ता युवाजन्य जोसजाँगर र उत्साह बोकेर मैल आफूलाई नयाँ जीवनमा प्रवेश गराएको थिएँ । संझदा भर्खरै जस्तो लाग्छ, तर समय चिप्लेर धेरै पर पुगिसकेछ । जुगाँ दाह्रीले रङ्ग बदल्न प्रतिस्पर्धा गर्दा र टम्म मिलकोे सुकोमक्त मुहार चाउरीले खण्डहरू पार्दा समेत समय बितेको पत्तै भएन । समय धेरै बदली सक्दा पनि मैले आफूलाई के केति बदल्न सके त ? या.े यक्ष प्रश्नको उत्तर म आफैलाई पनि थाहा छैन । जीवन द्रष्ट्रा महान दार्शानिकहरू समयको लेखाजोखा गर्दै भन्ने गर्दछने कि मानिसले आफ्नो जीवनको आधा चौथाई समय मात्र सत्कार्पेमा लगाउने हो भने यसले धेरे महान कार्यहरू गर्न सक्दछ । यो कुरा मलाई आजभोलि ठीकै हो जस्तो लाग्न थालेको छ । विद्यालयमा अध्ययन र अध्यापनको दौरानमा मैले के कति कर्तव्यको निर्वाह गर्ने सके ? संभवतः यसको उत्तर पनि समयले नै दिला यद्यापी आफू एक सचेत औ प्रबुद्ध वर्गको नाताले जीवन अन्य क्षेत्रहरूमा पनि मैले आफूलाई आश्वस्त पार्न सक्दिन र धोरै मात्र सन्तोष लिने ठाउँ पनि देख्दिन र आर्थिक अभाव, पारिवारिक बोझ र अनेकौ झन्झट मा जेलिएर समयको गातिलाई पछ्याउन नसक्दा मेरा धेरै–धेरै समनाहरू अधुरा रहेका छन् ।
समयको रफ्तारलाई पक्रेर अगि बढ्न सक्ने मानिस नै जीवनमा केह ीगर्न सक्छ भन्ने मेरो ठम्याइ हो । अझ संसारको मानव–इतिहासलाई पल्ट्याएर हैर्दै जाँदा थोरै संख्यामा यस्ता मानिसहरू पनि भेटिन्छन जसका सोचविचार र कामहरू समय भन्दा धेरै अगाडि हुन्छन् । उदाहरणको रूपमा हाम्रो लियोनार्दो भिन्ची, दार्शनिक सुकरात म्यालिलिया मादेग्य पुराण लेख्ने हाम्रा ऋषिहर्षि आदिलाई लिन सकिन्छ । सामान्य सुझबुझ र चेतना भएको तत्कालिन सामाजिक तिनिहरूका कुराहरू आत्मासात गरेर ग्रहण गर्न नसक्ता समाज नै पछाडि परेको इतिहास साक्षी छ । इमान्दारी साथ म भन्नुपर्दा म र म जस्ता धेरै मानिसहरू बलवान समयको गतिलाई पक्रन लत्रदै जीवनको अन्तिम बिसाद मार्न पुग्दछन् जुनबेला समय धेरैभन्दा धेरै पर पुगिसकेको हुन्छ ।
आलोपालो गर्दै थुप्रै हिउँद र वर्षहरू व्यतित भैसकेका हुनत शरद र वसन्त पनि त्यत्ति नै पटक दोहोएका छन् । यद्यापि ती वर्षा र हिउँदहरू मेरो आफ्नो जीवनमा भने कहिल्यै शरद र वसन्त ल्याउन सकेनन् । शरदको पूर्णचन्द्रमा अन्नपूर्ण र माछापुच्छे त हाँसेकै हुन्छन् तर फुर्सद लिए। त्यस्ता अनुपम सौन्दर्यको रसस्वादन गरी सुखद अनुभू ितगर्न कहिल्यै सकिएन । कुकुरको उखान जस्तै यो कस्तो बेफूर्सदी हो कुन्नी ? कहिलेकाही आफैलाई हाँसो पनि उठ्छ आफ्नो जीवनप्रति महाकवि देवकोटाले “के नेपाल सानो छ ” भनेर पनि सायद फूर्सदमै भनेका होलान । बेफूर्सदी मानिसले कहिल्यै पनि माछापुच्छेलाई ठूलो र महान् देख्ज सक्दैन । अन्तरिक्ष यात्रीले माथिबाट हेर्ने यो संसार जतिसुकै सानो भए पनि प्रशान्त महासागमा गोता खाईरहेको यात्रीले भने पक्कै पनि विशाक्त देख्ने गर्दछ । सायद त्यस्तै भएर होला आजभोलि मैले पनि सीमित भौगोलिक क्षेत्र भित्रको आफ्नै परिवेशको संसारलाई विशाल देख्ने गरेको छु । ब्रहमाण्डको हिसाबले पुरै पृथ्वी अत्यन्चै सानो भए पनि मेरा आँखा वरिपरि प्रकृतिले विट्याइदिएका यी समस्त सुन्दर डाँडाकाँडा, वनजङगल, हिमाल, तालतलैया खोलानालाm पाखापखेरा र समतक फाँटहरू मलाई कहिःयै साना र अपयांहा लाग्दैन । हर्दै र खोतल्दै जाँदा आखिर विशालता भित्रै सुक्ष्मता र सुक्ष्मता भित्रै विशालता पनि लुकृको हुदो रहेछ । सुक्ष्मता भित्र जति थुस्तै गए पनि र विशालता माझ जति फैलिदै गए पनि अन्ततोगत्वा एउटै राण्य फेला पर्दोरहेछ । हामी बस्ने पृथ्वी पनि महाशुण्य भित्रको एउटा शुण्य नै हो र त्यही शुण्य भित्रको एउटा सानो भौगोलिक परिवेशभित्र हामी अटाएका हुन्छौ्र । तसर्थ हरेक मानिसका लागि आफ्नो सर्वस्व भन्नु नै त्यही एउटा सीमित परिवेश हुन्छ । मानिस बसाइ सरेर गए पनि एक सीमित परिवेशबाट अर्को सीमित परिवेशमै सरेको हुन्छ । तर, जहाँ उसको जीवनको बढी स्नेह र सम्बन्ध गाँसिएको हुन्छ, त्यही ठाउँ नै उसका लागी सर्वाधिक महत्वपूर्ण र प्रिय हुन्छ ।
मेरो वरपरको भौगोलिक तथा प्राकृतिक परिवेश नै मेरा लागि पनि सर्वाधि प्रिय औं महत्वपूर्ण कुरा हो । यही परिवशेबाट नै मैले तमाम विश्व ब्रहाब्रहाम्णलाई नियाली रहेको हुन्छु । एउटा कुनै निश्चित भौगोलिक परिवेश त्रि विभिन्न ऐतिहासिक कालक्रमबाट गुज्रदै र विभिन्न पीढिहरूबाट प्रभावित बन्दै आइरहेको एउटा समाज हुन्छ । त्यही समाजको आफ्नै खाले सभ्यता, संस्कृति, रहनसहन र जीवनशैली हुन्छ । तिनीहरूको परिस्कार, विकास र संरक्षण पनि त्यही समाजले नै गर्दै आएको हुन्छ । मेरो पनि आफ्नै एउटा समाज छ र म जस्तै धेरै समाजहरू मिलेर मेरो देश नेपाल बनेको छ । म जस्तै धेरै समाजहरू मिलेर मेरो देश नेपाल बनेको छ । जुन समाज र देशले मलाई मलजक्त गरेर हुर्कासकेको हुन्छ । त्योसित कहिलेकाही देश समाजले मानिसलाई पीडा पनि दिएको हुनसक्छ तर त्यसमा उसको आफ्नै गल्ती पनि त हुन सक्छ । जेहोस् मेरो माज र देशका लागि मैले के केही त गर्नेपर्छ भन्ने हुटहुटीले मलाई सधै सताइरहन्छ । मैले भूगोलमा युरोप–अमेरिका पढे पनि युरी गागरिनहरूले भन्द्रत्ररातल टेकेको कुरा सुने पनि अथवा टेलिभिजनको विभिन्न च्यालनहरूबाट संसार हेरे पनि आँखिर पहिले त मैले आफ्नो ठाउँलाई उठाउन सक्नुपर्छ । यहीबाट म माथि उठ्नुपर्छ । म आफ्नै ठाउँबाट उठेर विश्व ब्रहमाण्ड सम्म फैलिन चाहन्छु । मेरो उत्कृष अभिलाषा भनेको मैले आफ्नो ठाउँलाई उचालेर संसारको ध्यान यतैतिर आकृष्ट गर्न सक्नु नै हो । मलाई दुःख लाग्छ कि मानिसहरू सधैं अरूको मात्र उदाहरण प्रस्तुत गर्न खोज्दछन् तर आफैं उदाहरण बन्न खोज्देनन् । अरूको भूमिमा टेकेर जस्तो तस्तो काम गरी टन्न पैसा कमाएर मोजमस्तीमा नै आफुलाई गौरवान्वित ठान्ने हाम्रो दरिद्र मानसिकतालाई म सतत? धिक्कार्न चाहान्छु । जापानले मानसिकतालाई म सतत धिक्कार्न चाहन्छु । जापनले विदेशबाट कसरी ज्ञान र प्रविधिको सिको गरेर आफ्नो भूमीलाई विकसित तुल्याएथ्यो । हा। हामीहरूले पनि त्यस्तै सिको गरेर देश विकास गर्न सिक्नसपर्छ भन्ने मलाई लाग्दछ । अरूको मुलकमा बसेर डलर डफार्नहरूले आफ्नो मुलुकलाई संझेर कुनैबेला पछुताउनु पर्ने पनि हुन सक्छ ।
म जीवनलाई सदैव सकारात्मक दृष्टिले हेने मानछु जीवनको यस घडीसम्म आइपुग्दा आफ्नो माटोमा सपनाहरू फुलाउन नसके पनि मलाई लाग्दछ अझै पनि मेरा प्रबल इच्छा आकाक्षाहरू मरिसकेका त छैनन । मेरा बृद्धि विवेकले भ्याएसम्म मुलुकको यस सक्रमणको घडीमा म सबै जातजाति र जनजातिहरूमा सदभावको बीए उमार्ने सक्छु । नेपाली नेपालीहरू बिचको आपसी फूट, कटुता र वैमनश्यतालाई सदेभाव सहयोग र एकतामा परिणत गरी राष्ट्रियतालाई सदभाव सहयोग र एकतामा परिणत गरी राष्ट्रियताको गाठो कस्न म सदैव प्रयत्नशील रहने छु । हाम्रो फूटे देश अरूले लुट्ने हुदा यसको संरषणका लागि म सदैव सुख सयक्तलाई समान हक, हीत स्वतन्त्रता न्याय र आत्मसम्मानका लागि म सदा कलमका संघर्ष गर्नेछु ।
5 - Ashwin - 2067
सारै राम्रो लागो सर तपाइको निबन्ध , अझ धेरै जाओस