हिउँमा टेकिएका पाइलाहरू
यादवराज उपाध्याय
पच्चीसौँ हिउँदहरू पार गरिसक्दा पनि मेरा पैतलाहरूले हिउँ कुल्चने अवसर पाएका थिएनन्, फगत हिमदेशका मनोहारी दृश्यहरू देख्दा, रोमाञ्चित घटना–सन्दर्भहरू सुन्दा÷पढ्दा विद्युतीय गतिमा चलायमान हुन्थँे । विश्वप्रसिद्ध हिमशिखरहरूले सिँगारिएको देशको नागरिक भएर पनि हिउँको कथाहरू सुनेर अचम्म मान्दै स्वाकारोक्तिको भावमा सही थाप्दै ‘ए’ १ भनेर चित्त बुझाउनु आफुल आफैसँग हारेको जस्तो लाग्दथ्यो । सिरानचोक दामन र फूलचोकी जस्ता पहाडहरूमा उिँले ढाकिएको बेला जाने प्रयत्न गर्दा गर्दै पनि अनेक प्राविधिक कारणले कहिल्यै सफल हुन सकेको थिइन । हेर्थे, कल्पन्थैँ, फुर्कन्थें, विचित्र कल्पनाका महल बनाउथें, सहपाठी र सहकर्मीहरूसँग हिमलोकको भ्रमण गर्ने अतिराञ्जित योजनाहरू तयार गर्थे, अन्ततः प्रतिकूलता नै प्रतिकूलताका पहाडजत्रा भारीले थिचिएर शिथिल हुन्थें । साँच्चै मेरा लागि हिमाल–हिउँ आकाशको जून बनेकोे थियो, जुन पश्चिम धौलगिरी देखि पूर्व सगरमाथासम्मका पर्वतमाला र हिमशिखरहरूलाई विभिन्न मौसमका विविध क्षणहरूमा पहाड, उपत्यका र तराईका हजार बाटाघाटा तथा स्थानहरूबाट एक टङ्कार दृष्टिपात गर्दै म हिमकवि बनेर लट्टिन्थें, हिमाली दृश्यवलीहरूमा बढीनै उत्फुल्ल हुन्थें । यस्ता हिमाली दृश्यवलीहरूप्रति मोहनैंममा नानीदेखिकै नमेटिने बानी बनेर आएको छ । हाम्रो घर (गोरखा) को कोठा–चोटबाट, झ्याल र अटालीबाट विछ्याउनाका दृश्यवलीहरूमा एक सजिसजाउ खण्ड बनेर मनासुलुङ र हिमचुली जगमगाइरहेका हुन्छन् । प्रत्येक प्रातः र सन्ध्यामा अनि खुल्ला मौसममा बहुरङ्गी रमणीय घटाहरूलाई प्रदर्शन गर्दै ति हिमशिखरहरू र अगलबगलका पर्वतमालाहरू सधैं–सधैं मेरो कवि हृदयलाई घचघच्याइ रहेका हुन्छन् काव्य सिर्जनाका प्रेरक बनेर । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)