Archive for September, 2010

14 - Ashwin - 2067

(कृति समीक्षा)

–रामचन्द्र अधिकारी

मानव सभ्यताको सुरुवात देखि नै साहित्यको पनि विकास भएको हो । आदिमकालदेखि वर्तमान अत्याधुनिक युगसम्म आइपुग्दा साहत्य विकासक्रममै छ जसरी मानव सभ्यता पनि आधुनिकता बाट उत्तरआधुनिकतातर्˚ लम्कीरहेको छ । यस अर्थमा साहित्यको विकास पनि सापेक्ष नै हुन्छ । मानव सभ्यता र साहित्य समानान्तर विकास हुने गर्छन् र पनि एकअर्काका परिपूरक हुन । शारांशमा भन्दा साहित्य कुनै ठाउ“ बिशेषको सभ्यता नाप्ने कसि हो भन्दा अतिसयुक्ति नहोला । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)

5 - Ashwin - 2067

शिवकुमार सुवेदी
माछापुच्छे उच्च मा.वि.
शिक्षण पेसामा संलग्न रहदा पत्तै नपाई वर्षै बितिसकेछ । उन्याइस वर्षै कल्कलाउँदो जवानी, ओठमाथि भर्खरै जुगाँले ठाउँ ओगट्ता युवाजन्य जोसजाँगर र उत्साह बोकेर मैल आफूलाई नयाँ जीवनमा प्रवेश गराएको थिएँ । संझदा भर्खरै जस्तो लाग्छ, तर समय चिप्लेर धेरै पर पुगिसकेछ । जुगाँ दाह्रीले रङ्ग बदल्न प्रतिस्पर्धा गर्दा र टम्म मिलकोे सुकोमक्त मुहार चाउरीले खण्डहरू पार्दा समेत समय बितेको पत्तै भएन । समय धेरै बदली सक्दा पनि मैले आफूलाई के केति बदल्न सके त ? या.े यक्ष प्रश्नको उत्तर म आफैलाई पनि थाहा छैन । जीवन द्रष्ट्रा महान दार्शानिकहरू समयको लेखाजोखा गर्दै भन्ने गर्दछने कि मानिसले आफ्नो जीवनको आधा चौथाई समय मात्र सत्कार्पेमा लगाउने हो भने यसले धेरे महान कार्यहरू गर्न सक्दछ । यो कुरा मलाई आजभोलि ठीकै हो जस्तो लाग्न थालेको छ  । विद्यालयमा अध्ययन र अध्यापनको दौरानमा मैले के कति कर्तव्यको निर्वाह गर्ने सके ? संभवतः यसको उत्तर पनि समयले नै दिला यद्यापी आफू एक सचेत औ प्रबुद्ध वर्गको नाताले जीवन अन्य क्षेत्रहरूमा पनि मैले आफूलाई आश्वस्त पार्न सक्दिन र धोरै मात्र सन्तोष लिने ठाउँ पनि देख्दिन र आर्थिक अभाव, पारिवारिक बोझ र अनेकौ झन्झट मा जेलिएर समयको गातिलाई पछ्याउन नसक्दा मेरा धेरै–धेरै समनाहरू अधुरा रहेका छन्  । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)

3 - Ashwin - 2067

हिउँमा टेकिएका पाइलाहरू

यादवराज उपाध्याय

पच्चीसौँ हिउँदहरू पार गरिसक्दा पनि मेरा पैतलाहरूले हिउँ कुल्चने अवसर पाएका थिएनन्, फगत हिमदेशका मनोहारी दृश्यहरू देख्दा, रोमाञ्चित घटना–सन्दर्भहरू सुन्दा÷पढ्दा विद्युतीय गतिमा चलायमान हुन्थँे । विश्वप्रसिद्ध हिमशिखरहरूले सिँगारिएको देशको नागरिक भएर पनि हिउँको कथाहरू सुनेर अचम्म मान्दै स्वाकारोक्तिको भावमा सही थाप्दै ‘ए’ १ भनेर चित्त बुझाउनु आफुल आफैसँग हारेको जस्तो लाग्दथ्यो । सिरानचोक दामन र फूलचोकी जस्ता पहाडहरूमा उिँले ढाकिएको बेला जाने प्रयत्न गर्दा गर्दै पनि अनेक प्राविधिक कारणले कहिल्यै सफल हुन सकेको थिइन । हेर्थे, कल्पन्थैँ, फुर्कन्थें, विचित्र कल्पनाका महल बनाउथें, सहपाठी र सहकर्मीहरूसँग हिमलोकको भ्रमण गर्ने अतिराञ्जित योजनाहरू तयार गर्थे, अन्ततः प्रतिकूलता नै प्रतिकूलताका पहाडजत्रा भारीले थिचिएर शिथिल हुन्थें । साँच्चै मेरा लागि हिमाल–हिउँ आकाशको जून बनेकोे थियो, जुन पश्चिम धौलगिरी देखि पूर्व सगरमाथासम्मका पर्वतमाला र हिमशिखरहरूलाई विभिन्न मौसमका विविध क्षणहरूमा पहाड, उपत्यका र तराईका हजार बाटाघाटा तथा स्थानहरूबाट एक टङ्कार दृष्टिपात गर्दै म हिमकवि बनेर लट्टिन्थें, हिमाली दृश्यवलीहरूमा बढीनै उत्फुल्ल हुन्थें । यस्ता हिमाली दृश्यवलीहरूप्रति मोहनैंममा नानीदेखिकै नमेटिने बानी बनेर आएको छ । हाम्रो घर (गोरखा) को कोठा–चोटबाट, झ्याल र अटालीबाट विछ्याउनाका दृश्यवलीहरूमा एक सजिसजाउ खण्ड बनेर मनासुलुङ र हिमचुली जगमगाइरहेका हुन्छन् । प्रत्येक प्रातः र सन्ध्यामा अनि खुल्ला मौसममा बहुरङ्गी रमणीय घटाहरूलाई प्रदर्शन गर्दै ति हिमशिखरहरू र अगलबगलका पर्वतमालाहरू सधैं–सधैं मेरो कवि हृदयलाई घचघच्याइ रहेका हुन्छन् काव्य सिर्जनाका प्रेरक बनेर । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)