5 - Shrawn - 2067

- रामचन्द्र अधिकारी
आफ्नै देश आर्यघाटमा जल्छ र त रुन्छु
बाउ भन्नेले छोराहरु छल्छ र त रुन्छु

खै कसरी विश्वास गर्ने आफ्नै भन्नेलाई
बहिनी लिई दाजु बम्बई चल्छ र त रुन्छु

मायाको ढ्वाङ रच्दै एकान्तमा डाकी प्रेमी
शरिर भरि स्वार्थि हात मल्छ र त रुन्छु

देभक्तिलाई एकातिर पन्छाएर मान्छे
दरोदरो गाठमा स्वात्तै गल्छ र त रुन्छु

यता उस्तै उता उस्तै जो भेटे’नि उस्तै
सोचिल्याउँदा छाति आफै बल्छ र त रुन्छु

One Response to “गजल”

  1. kapil sharma sanjog says:

    खै कसरी विश्वास गर्ने आफ्नै भन्नेलाई
    बहिनी लिई दाजु बम्बई चल्छ र त रुन्छु

    cool chha guru
    dherai pachi ramro gagal padna payeko ma khusi lageo
    guru

प्रतिक्रिया दिनुहोस्

(Press Ctrl+g to write in English or press the above button.)