Archive for July, 2010

12 - Shrawn - 2067

– रामचन्द्र अधिकारी

लगातारको आमहड्तालले देश त अस्तव्यस्त थियो नै मानबहादुरको परिवारमा झनै अस्तव्यस्थता थियो । दिन भरिको एकल मजदूरीबाट पाँच जनाको परिवार पाल्नु पर्ने मानबहादुर कयौ दिनदेखि उ त घरमै थियो तर मुखमा माड लगाउने केही थिएन । आमहड्तालले देश जसरी बन्द थियो मानबहादुरको परिवारको मुख पनि अब पूरापूर बन्द हुने भयो । एका तिर छोराछोरी भोकै भएको चिन्ता अर्को तिर आफु स्वयम् कतिदिनदेखि पूरा पेट खान नपाएको पीडा, मानबहादूर भित्रभित्रै दनदनि बलिरहेको थियो । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)

5 - Shrawn - 2067

- रामचन्द्र अधिकारी
आफ्नै देश आर्यघाटमा जल्छ र त रुन्छु
बाउ भन्नेले छोराहरु छल्छ र त रुन्छु

खै कसरी विश्वास गर्ने आफ्नै भन्नेलाई
बहिनी लिई दाजु बम्बई चल्छ र त रुन्छु ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)

31 - Ashad - 2067

- सन्जिव पौडेल

हजार जुनी
मेरा निम्ति सुम्पिने
ए ! प्रेमकी खानी
कुनै दिन बन्दिपुर उक्लियौ भने
मस्र्याङ्दी हेर्नु
जुनी त्यही हिमरस झैं बगिरहन्छ ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)

20 - Ashad - 2067

– रामचन्द्र अधिकारी

बेतुकका साहित्य सिर्जना गर्ने गाजलु सहित्यिक मञ्चका संस्थापक अध्यक्ष छदमभेषीलाई पदबाट हटाइयो र नयाँ कार्यसमिति बनाइयो । पदबाट हटाइएको र सभा समारोहमा आफ्नो नाम अगाडि नआएको भन्दै छुट्टै संस्था गठन गर्ने उद्देश्यले आप्mना केही समर्थक तथा गाउँबाट आएका नयाँ प्रतीभाहरुलाई जम्मा पार्न थाले छदमभेषीले र नयाँ कार्यसमितिका पदाधिकारीका विरुद्ध नानाथरी भ्रम सिर्जना गर्दै आपूmनै वरिष्ठ साहित्यकार भएको तार्किक पुष्ठि गर्न थाले । संस्थाविरुद्ध नानाथरी मान्छेहरुलाई उकास्दै हिडेकोले नयाँ कार्यसमितिले छदमभेषीको वास्ता गर्न छाडिसकेको थियो । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)