–रामचन्द्र अधिकारी,
प्रिय ऋषिमाया,
समयसगको मेरो भाग दौड
असफलता तिर मोडिएको छ,
धड्कनले दिनानुदिन
गति परिवर्तन गरिरहेको छ,
अब यो शुन्यतामा
जीवन सम्भावनाको विपरित हु“दैछ
सायद कुनै हुलाकी
धागोले बाधेको चिठी लिएर आउ“दैन,
मेरा अनिर्मित इतिहासले
कुनै प्रभाव पार्ने छैन
म शुन्य वर्तमानको मान्छे मेरो
मृत्युमा कोही रूने छैनन्,
न कोही समवेदना दिन आउ“ने छन्
व्यस्त दुनियाको चासो बाहिरको यो घटना,
समाचार बन्नसक्दैन
ऋषिमाया,
मेरो मृत्युको खबर पत्रिकाले छाप्दैन ।
जीवनका कैयन मोडहरूमा
धेरै राजनीतिक पार्टीहरूले
आफ्नो सदस्यता बा“ड्न आए
मेरो गल्ती त्यही“ नेर भो
मैले कसैको सदस्यता लिइन“
यात्रा मै कैयन,
संगठनहरूले आफ्ना स्वार्थी जुलुसमा डाके
मेरो असफलता म कसैका राता,
सेता झण्डा बोकेर
जिन्दावाद र मुर्दावादका
नारा गाउ“न सकिनँ,
म त फगत कविता लेख्ने मान्छे
मेरा कविता कसैका घोषणपत्र बनेन्
कसैलाई काध र कसैलाई पाउमा राख्न सकेनन्
देशमा दिगो शान्तिको अपेक्षा गर्ने
सर्वसाधारण म
चाहे म स्वभाविक मरू
चाहे म अस्वभाविक मरू
या मारिउ
मेरो शवयात्रामा
कुनै सरकारी मान्छे आउने छैन
कुनै राजनीतिक मान्छे आउने छैन
न दशलाखको क्षतिपूर्ति आउने छ
न कतै शोकसभा हुनेछन्
शोक वक्तव्य पनि आउँने छैन,
प्रिय ऋषिमाया,
मेरोमृत्युमा कुनै पत्रकार
काधमा क्यामरा भिरेर,
हातमा माइक्रोफोन बोकेर आउँदैन
साँच्चै ! मेरो मृत्युको खबर पत्रिकाले छाप्दैन ।
तिम्रो यो कविता चै सारै मन पारो यार
साएद सबैले येस्तई भावना राख्ने हो भने हामी आज सम्म यो ठाउमा अल्झिएर बस्नु पर्ने थिएन हाम्रो देसमा कुनै पार्टी संग सम्बंदित भएन भने कसैले पनि चिन्दैन भन्ने कुरामा म सय पर्तिसत समर्थित छु म भन्छु यो कुरा एउटा लेखाइमा होइन सबैको मस्तिस्कमा अटाउनु पर्छ अनि मात्र परिबर्तन सम्भव छ धन्येबाद एस्त लेखहरु अरु धेरै पढ्न पाउ
is so nice poem yar keep it up