-रेशम अधिकारी ‘आमोद’
मैले,
तिमीलाई,
सर्वाधिक ,
स्वतन्त्र मन्दिरको परिसरमा,
जुवा र हतकडी पहिरिएको देखेको छु,
तिम्रो स्वतन्त्रतामा ,
फेरि कसैले धवा बोलेर ,
तिमीलाई साङ्लाले बेरेर,
तिमी स्वतन्त्र छौ भनि ,
विगुल फुकेको देखेको छु,
फेरि ति,
तिम्रो तानाशहाहरुले ,
रमितेको भिडमा ,
स्वतन्त्र छे उ ,
भनेर प्रमाण जुटाएको भटेको छु,
तर,
निरा,
जो तिम्रो स्वतन्त्रता माथि,
बलत्कार गदैछन्
ति आफै,
भासिदै र मासिँदै ,
हेर त निरा ति त ,
आगो बालेर,
मेटीदै गरेको खरानि भित्र ,
मरिरहेका छन्
निरा ,
अशा त्यागेर निराशावादी नवन ,
तिमी तिम्रो त्रासबाट मुक्त हुनुपर्छ ,
जुन त्रास तिमी भित्रै छ,
तिम्रो मक्तिको निमित्त् लडेका
या्ेद्धाको सपना खेर जानु हुँदैन
तिम्रा परेलाका ,
आँशु पुछ्न उढेका हात,
तिमीले रोक्नु हुँदैन
तिनै हुन् निरा,
तिम्रो अस्तित्व जोगाउने ,
वीरहरु वलधभद्र, अमरसिंह र भक्ति थापा,
र निरा,
तिम्रा लागि सहिद बन्ने ,
गंगलाल, धर्मभक्त, दशरथ र शुक्रराजहरु ।।
ल बबाल छ , साथी , कबि जी को कविता फिनल्याण्ड मा पनि चल्ला जस्तो छ है !!!
कविता राम्रो छ,
ल ल भुडे राम्रो छ तर निरा पात्रा चाही लाई बुज्न सकेन