– रामचन्द्र अधिकारी
के छैन र सब, थोक छ नेपालमा,
सहर छ, सडक छ, चोक छ नेपालमा ।
एका पट्टि सटक भरि नारा छ जुलुस छ,
अर्को पट्टि समानान्तर, भोक छ नेपालमा ।
हुनेलाई ऐन–कानुनमा कुनै त्यस्तो धारा छैन,
निमुखालाई जताततै, रोक छ नेपालमा ।
लोग्ने–स्वास्नी मनमुटावमा बन्द–चक्काजाम गर्न,
सबै भित्र क्रान्तिकारी, झोक छ नेपालमा ।
गाउनै छाडे देशभक्ति, हराउ“दै गो भातृत्वप्रेम,
आफ्नै दाजुभाइबीच, ठोकाठोक छ नेपालमा ।।
– ढिकुरपोखरी – ९, कास्की
राम्रो छ यार मनै छोयो ल ल जाओस अरु पनि ……