24 - Jestha - 2067

खस्दैन ∕
खस्दै–खस्दैन ∕
कहि गरे पनि खस्दैन ∕
आकाश
माछापुच्छ«ेले धाने पछि ।

डा“डै भरि
ललिगु“रास पूmलेको पल
डा“फे नाच्दै
लेकबेसी गरेको पल
एक हूल क¥याङकुरुङ्
आकाशै भरि
नाचेको पल
खै ∕ कसरी खस्न सक्छ आकाश ∕

यहा“का
अन्नपूर्णाभरि
धवलागिरीभरि
हिउ“का साइनबोर्डहरुमा
विजयका इतिहास पोतिएको
हिउ“ खोस्रिएर
हे¥यौ“ भने
प्रस्टै छ,
स्पस्टै छ –
हिमाल ढलेन
बर्लिन पर्खालहरु ढल्दा,
हिमाल जलेन
हिरोसीमाहरु जल्दा,

किन खस्थ्यो आकाश ?

चाहे सुनामी आओस् दक्षिणबाट,
वा महायुद्वको ऐलान,
हामी
इतिहासका
नालापानीहरु उल्टाइदिन सक्छौ“,
टिस्टा, का“गडा आप्mनै खेमामा पल्टाइदिन सक्छौ“,
र पनि
दिग्भ्रमित छन्
कैयन महामहिमहरु
कैयन
सीमावर्ति बलहरु
होसियार ∕
अब
सुस्ता रु“दैन अरु,
कालापानी रु“दैन अरु
किनकी
निश्चित भैसक्यो
आकाश खस्दैन,
खस्दै–खस्दैन
कहि गरे पनि खस्दैन
आकाश
माछापुच्छ«ेले धानेपछि ।।

प्रतिक्रिया दिनुहोस्

(Press Ctrl+g to write in English or press the above button.)