–रामचन्द्र अधिकारी,
प्रिय ऋषिमाया,
समयसगको मेरो भाग दौड
असफलता तिर मोडिएको छ,
धड्कनले दिनानुदिन
गति परिवर्तन गरिरहेको छ,
अब यो शुन्यतामा
जीवन सम्भावनाको विपरित हु“दैछ
सायद कुनै हुलाकी
धागोले बाधेको चिठी लिएर आउ“दैन,
मेरा अनिर्मित इतिहासले
कुनै प्रभाव पार्ने छैन
म शुन्य वर्तमानको मान्छे मेरो
मृत्युमा कोही रूने छैनन्,
न कोही समवेदना दिन आउ“ने छन्
व्यस्त दुनियाको चासो बाहिरको यो घटना,
समाचार बन्नसक्दैन
ऋषिमाया,
मेरो मृत्युको खबर पत्रिकाले छाप्दैन । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)
Archive for June, 2010
by अल्पज्ञानी
बिहानको सुकिलो घामसँग
कुनै नमिठा गन्धहरुको अपेक्षा गर्दिनँ म
रातको उज्यालो जुनेलीसँग
धराप रोइरहने मेरी आमाको पुनरावृत्ति चाहन्नँ म
घाम, घामजस्तै उदाउनुपर्छ
जून, जूनजस्तै उदाउनुपर्छ
म उज्यालोसँगै जीवनको कल्पना गर्न सक्छु ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)
वि.सं. २०४० को पूरा दशक नेपालीहरुका लागि चौतर्फी रुपमा संघर्षपूर्ण समय थियो । वि.सं. २००७ सालमा १०४ वर्षे जहा“निया राणा शासनको अन्त्य गरेर नेपाली राजनीतिमा प्रजातान्त्रिक अभ्यास सुरु भएको छोटो समयमै पुनः प्रजातन्त्र माथि प्रहार भएपछि वि.सं. २०१७ देखि ०४६ बीचको अवधि अति नै कष्टकर बन्यो नेपालीलाई । जनताका सबै अधिकारमाथि प्रत्यक्ष हस्तक्षेप भएको तत्कालीन बिषम परिस्थितिमा कला–साहित्य शासकहरुको आ“खाको तारो बन्दै आएको थियो≤ सायद त्यसैको उपज हुनसक्छ साहित्यमा प्रयोगवाद हावी हु“दै गइरहेको थियो । यद्यपि, यी सबैको कारक भने दमनकारी पञ्चायत शासन प्रणालीलाई नै मान्न सकिन्छ । साहित्य लेखनको र यसको प्रयोजन मुक्तिकामि उद्देश्यमा निहित रहने त्यो अवस्थामा नाटक र अभिनय पनि नाजुक स्थितिमा र होसियारी पूर्वक प्रर्दशन गरिनु प¥थ्र्यो । जे जस्तो अवस्था भए पनि त्यही काल नेपाली इतिहासमा एउटा स्वर्णिम समय बन्न पुग्यो जसमा राजनीतिज्ञहरु जत्तिकै तत्कालीन, साहित्यकार, कलाकार, पत्रकार र सम्पूर्ण जनताहरु पनि उत्तिकै प्रशंसनीय छन् । पोखरामा पनि नाटकको प्रदर्शनले त्यो बेलाबाटै आफ्नो इतिहास रचाउन सफल देखिन्छ । नाटक लेखनपछि उक्त नटकलाई कुशल अभिनेताको आवश्यकता पर्छ≤ अवश्य पनि त्यो समय हुनुको प्रतिकूलतामा अभिनयको अग्निकुण्डमा हामफाल्नु सहज थिएन र पनि एक १९÷२० वर्षे कलेजको विद्यार्थी, पोखरेली ठिटो आफ्नो अदम्य साहस र बिद्रोही चेतनासहित अभिनयको दुनियामा प्रवेश गर्छन् । वि.सं. २०४६ सालमा, जतिबेला पञ्चायतको विदाई र वहुदलीय प्रजातन्त्रको भव्य स्वागत गरि“दै थियो, त्यस्तो ऐतिहासिक समयमा पोखरामा वरिष्ठ सहित्यकार लिलबहादुर छेत्रीको ‘छोरी–ज्वाइ“’ नाटकको नायकको रुपमा आए यी कलाकार हेमन्त पराजुली (पछि हेमन्त हितैषी ) । ३० को दशकमा सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी, विश्व शाक्य र राघवलाल बैद्य लगायतको सक्रियतामा केही नाटक प्रर्दशन भए पनि ४० को दशको अन्त्यसम्ममा अनुप बराल, प्रकाश घिमिरे, प्रमिला तुलाचन, माउत्से गुरुङ, लालशोभा गुरुङ, राजु याकचा, कृष्ण उदासी, घनश्याम लामिछाने, सविता गुरुङ, मोहन खड्का ‘पारस’, दिलिप दोषी, हेमन्त पराजुलीजस्ता युवा उत्साही कलाकार पोखराले जन्माइ सकेको थियो । (भादगाउ“ले, प्यारो पोखरा, पृः५८) आज पनि केही कलाकारहरु काठमाण्डौं गए पनि हेमन्त लगायतका अन्य पोखरामै सक्रिय रहेका छन् । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)
- कपिल शर्मा संजोग
अरुले नै खर काटेको देख्यो कपिलले
पि्रयसीले भर काटेको देख्यो कपिलले ।
प्रत्येक दिन एक पटक भेट हुने चौतारीको
पिपलुले वर काटेको देख्यो कपिलले । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)
रुपिन्द्र प्रभावी ‘कटु’
पीर नमान
भोलिदेखि म भोक लाग्यो भनेर रून्न आमा !
साँच्चै भन्छ्यौ भने र विश्वास गछ्र्यौ भने
आज म भोकैभोक खाएर कहिल्यै भोक नालाग्ने गरी अघाएको छु । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)
- सरस्वती अधिकारी
मेरो स्वतन्त्रताभित्र मलाई नै
तिम्रा अप्रत्यक्ष बन्धनहरूले
ढुड्डा जस्तै कठोर र शव जस्तै
निर्जीव बनाउँदै गएका छौं ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)
- सञ्जिव पौडेल
अनायाश
पागल हुन्छु म
अघिसम्मका मेरा सचेत नशाहरू
निश्क्रिय हुन्छन्
रक्त प्रवाह बन्द भएझै हुन्छ ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)
दिलिप दोषी
गजल गृह, पोखरा
सालको पात बजाउ“द,ै गाउ“ बेसी झर्दा काली ।
मनको कुरा सुसेलीमा, लुकाउ“दै भर्दा काली ।।१।। ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)
रामचन्द्र अधिकारी
साहित्यले पाठकलाई आनन्दित तुल्याउनुपर्छ≤ त्यो भन्दा बढी स्वयम् स्रष्टा आनन्दित हुनुपर्छड्ड तव मात्र साहित्य सिर्जनाको उद्देश्य पुरा हुन्छ । विकसित मुलुकहरूमा सम्पन्न मानिसहरूले मात्र साहित्य पढ्ने गर्दछन्, किनकि त्यहाँ युवालाई प्राविधिक ज्ञानमा जोड दिइन्छ । विश्वविद्यालयमा पनि साहित्य अति नै महंगो विषय मानिन्छ, तर नेपाल लगायत कैयन अविकसित वा विकासोन्मुख राष्ट्रमा साहित्य सबैभन्दा गरिब विद्यार्थीले अध्ययन गर्न सक्ने विषय मानिन्छ । नेपाल कै कुरा गर्ने हो भने पनि अधिकांश विद्यार्थीको विषय साहित्य हुन्छ । यो दुर्भाग्य हो, हामी कहाँ प्राविधिक शिक्षा कमैको मात्र पहुँच भित्र पर्छ । साहित्य समाज परिवर्तनको संवाहक हो त्यसैले समाजमा रहेका रामे, श्यामे, कृष्ण, राधा, गीता, माईंला, सार्इंला, साईंली सबैले आ–आफ्नै किसिमले आनन्द प्राप्त गर्न सक्ने खालको साहित्य वास्तविक साहित्य हो र यो आफैँमा प्रगतिशील हुन्छ । सांिहत्य सिर्जना गर्नेक्रममा सामन्त, भिजिलान्ते, निरङ्कुशजस्ता शब्दको प्रयोग गर्ने र अन्त्यमा त्यस्ता सामन्त, भिजिलान्ते, निरङ्कुशहरूलाई मार्नुपर्छ, काट्नुपर्छ वा लखेट्नुपर्छ आदि क्रियापदले नटुङ्ग्याएका साहित्य सृजना प्रगतिशील नहुने भन्ने स्वार्थपूर्ण ढंगबाट कुनै राजनीतिक पार्टीबाट प्रशिक्षित व्यक्तिहरूले कहीकतै साहित्यको गतल ब्यख्या गरेर भ्रम सिर्जना नेपाली साहित्यमा गरिएकोले पनि कतिपय स्रष्टामा साहित्यप्रतिको भ्रम यथावत रहेको छ । साहित्यको यस्तै अस्पष्टताले कहिलेकाहींं साहित्य हो कि कुनै पार्टी विशेषको नारा भनेर छुट्याउन पनि धौधौ पर्ने अवस्था छ नेपाली साहित्यमा । साहित्यलाई जसरी बुझे पनि साहित्य भनेको समाज परिवर्तनको वाहक हो र यो सबै वर्ग तह सम्म आनन्ददायिक हुनुपर्छ भन्नेमा द्विमत नरहला । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)
रामचन्द्र अधिकारी
वास्तविकताका
दुईवटा नाम बोकेर
पहिचानको खोजीमा
जिजीविषा बाँचेको
म
इतिहास देखिको हर्के !
भविष्यसम्मको हर्के !
हर्के दाइ–हली दाइ
हली दाइ–हर्के दाइ । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)

